Play

बेलायतबासी सिक्लेसीद्वारा भेडापालक किसानलाई रकम सहयोग

गुरुकुल खबर


पोखरा । बेलायतमा बस्दै आएका सिक्लेसबासीले सिक्लेसी भेडा पालक किसान (भेडी गोठाले) लिलप्रसाद गुरुङ र लेखनाथ गुरुङलाई आर्थिक सहयोग प्रदान गरेका छन् । 

सिक्लेस पार्चे कम्युनिटिका सदस्यहरुबाट पाँच लाख २९ हजार चार सय १६ रुपैयाँ, समाज बाहिरका समाजसेवीहरुबाट संकलित तीन लाख आठ हजार नौ सय ६० रुपैयाँ गरी कुल आठ लाख ३८ हजार तीन सय ७६ रुपैयाँ प्रदान गरेका छन् । 

गत असार १ गते अविरल वर्षापछि आएको बाढीका कारण कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेस हुगु गोठमा रहेका गुरुङद्वयको झन्डै तीन सय भन्दा बढी भेडाबाख्रा बगाएकाले सो सहयोग रकम प्रदान गरिएको हो ।

परम्परादेखि चल्दै आएको भेडी गोठलाई जोगाइ राख्न सहयोग संकलन अभियान संचालन गरिएको तमु धिं युके तथा सहारा युकेका कार्यसमिति सदस्य समाजसेवी भोज गुरुङले बताए । 

एक कार्यक्रम बीच सो रकम सिक्लेस तमु धिं युके तथा एनआरएन युकेका पुर्व अध्यक्ष समाजसेवी मुक्षेत्र गुरुङ र तमु धिं युके तथा सहारा युकेका कार्यसमिति सदस्य समाजसेवी भोज गुरुङमार्फत सिक्लेस पार्चे तमु समाज पोखराका अध्यक्ष कप्तान सम्सेर गुरुङ, आमा समिति अध्यक्ष पदम शोभा गुरुङ तथा समन्वयकर्ता हितमान गुरुङलाई हस्तान्तरण गरिएको छ ।

१८ श्रावण २०७८, सोमबार २२:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा