Play

युवा संघको मखुण्डो प्रदर्शन

गुरुकुल खबर


पोखरा साउन ५ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुको विरोधमा राष्ट्रिय युवा संघले बाँदरको भेषमा सडकमा प्रदर्शन गरे । संघका नेता तथा कार्यकर्ताहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका थिए ।

नेता नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

५ श्रावण २०७८, मंगलवार २०:०६ मा प्रकाशित
Nabintech