तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Saturday, April 1, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कांग्रेस अनि ट्रेड युनियन र कुँवर परिवारको खम्बा ‘राम्जी’ को अवसान

गुरुकुल खबर गुरुकुल खबर
२०७८ साउन २ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, विचार/अन्तरवार्ता, विशेष, व्यक्ति/संस्था
कांग्रेस अनि ट्रेड युनियन र कुँवर परिवारको खम्बा  ‘राम्जी’ को अवसान
148
SHARES
591
VIEWS
Share on FacebookShare on Twitter

गंगाधर पराजुली

नेपालको ट्रेड युनियन आन्दोलन र नेपाली कांग्रेसको राजनीतिमा स्थापित नाम हो रामजी कुँवर । नेपालको ट्रेड युनियन आन्दोलनमा पु¥याएको योगदान र नेपाली कांग्रेसमा तथा प्रजातन्त्र र लोकतन्त्रकोलागि विगतमा भए गरेका सवै खाले आन्दोलनमा उनको सकृय संलग्नता त थियो नै त्यसमाथि उनको पारिवारिक पृष्ठभूमिका कारण पनि संलग्नता प्रजातन्त्र, लोकतन्त्र नेपाली कांग्रेसमा रहेको कुरामा दुई मत छैन ।

तत्कालिन अवस्थामा पोखराको वैदामका कुँवर परिवारका सवै जसो युवाहरु प्रजातन्त्रको पक्षमा नेपाली कांग्रेसमा समाहित थिए । उनिहरुको सम्पर्क नेपाली कांग्रेसका स्थानीय नेता र कार्यकर्तासँग मात्र नभएर वीपी कोइराला र सुवर्ण शमशेर सहित कांग्रेसको नेताहरुसँग समेत त्यत्तिकै थियो । पोखराका स्थानीय वासिन्दा भएकोले मात्र नभएर त्यस वेला नै उद्योग व्यवसाय समेत गर्ने भएकोले पनि कुँवर परिवारको आर्थिक अवस्था राम्रै थियो जसका कारण उनिहरुले नेपाली कांग्रेसको संगठन संचालनका लागि आर्थिक सहयोग समेत गर्ने गरेका थिए ।

कुंवर परिवारका सदस्यहरु नवराज कुंवर, कृष्ण बहादुर कुंवर र एक बहादुर कुंवर एक भाइका छोराहरु र शोभियत वहादुर कुंवर, तर्क बहादुर कुंवर र खम बहादुर कुंवर अर्को भाइका छोराहरु थिए । त्यसमध्ये नवराज, कृष्ण बहादुर, सोभियत वहादुर र तर्क बहादुर लगायत अन्य युवाहरुको जोश कांग्रेसमा साँच्चिकै गर्व गर्न लायक मानिन्थ्यो । तिनै मध्ये एक नवराज कुंवरको जेठो छोराको रुपमा रामजी कुंवर २०१२ सालको असोज १२ गते जन्मिएका हुन् ।

रामजी कुंवरको जन्मताका पनि नेपाली कांग्रेस आन्दोलनमा नै थियो । २००७ सालमा जहानीयाँ राणा शासन ढलेपनि निर्वाचन हुन नसकेको र नयाँ सरकार वन्न नसकेको अवस्थाका कारण प्रजातन्त्रको लागि नेपाली कांग्रेस निरन्तर आन्दोलनमा नै थियो । यसै क्रममा वि.सं. २०१४ मा नेपाली कांग्रेसले आव्हान गरेको सत्याग्रहमा कुंवर परिवारका उल्लिखित सदस्यहरु मात्र नभएर उनिहरुका अग्रज र समकालिन पोखरेलीहरु करुणानीधि कोइराला, मिन बहादुर गुरुङ, लिलाभत्त आचार्य, सुन्दर प्रसाद मर्सानीहरुको सकृयता सम्झन लायक थियो ।

२०१४ सालको सत्याग्रहको समयमा मात्र नभएर २०१७ मा तत्कालिन राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरेर शासन सत्ता आफ्नो हातमा लिएपछि कांग्रेसमा लाग्नेहरु सामु निकै कठिन र चुनौतीपूर्ण अवस्था सृजना भयो । नेपाली कांग्रेस माथि नै प्रतिवन्ध लागेपछि खुला किसिमले कांग्रेस र प्रजातन्त्रको पक्षमा सकृयता देखाउने अवस्था थिएन तर माथि उल्लेख गरिएका नाम सहित अनिरुद पंडित, पेच वहादुर गुरुङ, अमृत प्रसाद शेरचन, दिल बहादुर श्रेष्ठ, सर्वज्ञमान प्रधानाङ्ग, दयाशंकर पालिखे, कुल वहादुर श्रेष्ठ, श्याम प्रसाद पन्त, मीन वहादुर गुरुङ, नारायण दत्त रानाभाट, स्थानेश्वर शर्मा, प्रेम बहादुर कुँवर, योगेन्द्रमान शेरचन, श्याम प्रसाद भट्टराई लगायतका युवाहरुलाई तत्कालिन सरकारको निर्देशनले रोक्न सकेन । फलस्वरुप पोखराको प्रमुख बजार क्षेत्र भैरवटोल, भीमसेन टोल लगायतका स्थानमा रहेका चोक र चौतारोहरुमा भद्र अवज्ञा आन्दोलनका कार्यक्रमहरु हुन थाले । विन्ध्यवासिनी मन्दिर नजिकको रुद्राक्षको रुखको चौतारोमा कृष्ण बहादुर कुंवरको अध्यक्षतामा र प्रेम चैतन्यको नेतृत्वमा मालपोत कार्यालयमा धर्ना सहित विभिन्न ठाउँमा विभिन्न खाले आन्दोलन हेर्दै गयो ।

झण्डै एक साता सम्म चलेको भद्र अवज्ञा आन्दोलन दवाउने क्रममा थुप्रै लाई गिरफ्तार गरियो भने कतिपयले निर्मम यातना खेप्नुप¥र्यो ।पोखरामा आन्दोलन चर्किदै गएपछि र आन्दोलन दवाउने सवै उपाय निष्प्रभावी वन्दै गएपछि अन्तत राजा महेन्द्रले २०१५ साल फागुन ७ गते आम निर्वाचन हुने घोषणा गर्न वाध्य भएको वताइन्छ ।

चाहे जहानियाँ राणा शासनको अन्त्यका लागि भएको आन्दोलनका कार्यक्रम वा वि.सं. २०१७ सालमा राजा महेन्द्रले निर्दलीय पञ्चायती शासन व्यवस्था लागु गरेपछि भएका विभिन्न आन्दोलनका कार्यक्रम हुन् सवै जसो आन्दोलनमा कुंवर परिवारको सहभागिता र सकृयता निरन्तर थियो ।

भारतको पटनामा वीपी कोइराला सहित अरु नेतालाई भेट्न जाने आवश्यकता परेको वेला भैरहवामा आफूहरुले संचालन गरेको मिठाई उद्योग बाट भएको आम्दानी रकम पार्टीलाई दिने मात्र नभएर पञ्चायती शासकहरुले विभिन्न काण्ड लगाएर पक्राउ र यातना दिदाँ समेत कुंवर परिवार कहिल्यै विचलित नभएको बताउँछन् नेपाली कांग्रेस कास्कीमा नेता खेमराज पौडेल ।

कुँवर परिवारको प्रजातन्त्र प्रतिको समर्पण र प्रजातान्त्रिक आन्दोलनका लागि निरन्तरको त्याग र निष्ठाका बारेमा वाल्यकाल देखि नै वुझ्ने  मौका मिलेको थियो रामजी कुँवरलाई । शायद परिवारको प्ररेणा र प्रजातन्त्र प्रतिको मोहले नै होला रामजी कुँवर पनि सानै उमेर देखि राजनीतिमा सकृय रहन पुगे ।

२०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना संगै नेवीसंघमा लागेर राजनीति सुरु गरेका उनले विद्यार्थी राजनीति सँगै पार्टी राजनीति र ट्रेड युनियन आन्दोलनमा आफूलाई शसक्त रुपमा स्थापित गर्न सफल भए । नेपाली कांग्रेस कास्कीको क्षेत्रीय सभापति समेत रही काम गरेका रामजी पार्टीको महाधिवेशन प्रतिनिधि र सर्वोच्च निकाय मानिने महासमितिको सदस्य पनि बने । यस वाहेक नेपाली कांग्रेसको केन्द्रिय आमन्त्रित सदस्यको जिम्मेवारी पनि उनले पाएका थिए ।

पार्टीमा निरन्तरको लगाव र निष्ठाकै कारण उनी जनस्वास्थ्य कार्यालयमा सेवामा रहँदा पनि कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसमा उनि आवद्ध भए । त्यसपछि उनले जिल्ला र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर काम गरे । नेपाल ट्रेड युनियन कांग्रेसको वरिष्ठ राष्ट्रिय उपाध्यक्ष, कावा अध्यक्ष समेत रहेर काम गरेका रामजी पछिल्लो समय सल्लाहकारको जिम्मेवारीमा थिए । ट्रेड युनियन कांग्रेसमा रहँदा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न फोरमहरुमा श्रमिक र मजदुरहरुको वारेमा ज्वलन्त रुपमा आवाज समेत उठाए ।

नेपाली कांग्रेस र विभिन्न भातृ तथा शुभेच्छुक संस्थामा लामो समयदेखि अनवरत क्रियाशिल उनलाई यस अगाडि सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले देशकै ठूलो महानगरपालिकाको रुपमा रहेको पोखरा महानगरपालिकाको मेयर पदको प्रत्यासी बनायो । त्यसवेला देशभर कम्युनिष्टहरुको माहोल वढेको र कास्कीमा कांग्रेसको संगठन गिर्दो अवस्थामा रहेकोले पनि रामजी कुँवरलाई मेयर वनाउन चाहनेहरु र स्वंय उनकोआशा पुरा हुन सकेन ।

उनको सादगीपन, इमान्दारिता र अनि छलछामको राजनीति नगर्ने प्रवृत्तिका कारण पनि उनले सोचे अनुसार सफलता पाउन सकेनन्, जुन कुरा निष्ठा त्याग र समर्पणको राजनीतिमा निरन्तर कृयाशिल रहने आम कांग्रेस कार्यकर्ताको नियती जस्तै वनेको छ ।

यसरी कांग्रेसको राजनीति र ट्रेड युनियन आन्दोलन लाई एकैसाथ अगाडि वढाएका रामजीको अवको चाहना कांग्रेस पार्टीलाई संगठित र एकतावद्ध वनाउने मात्र थियो भन्दा अत्युक्ती हुँदैन । यसै पंक्तिकारसँग पनि उनले अव पार्टीमा सक्षम व्यक्ति नयाँ पुस्ता र केहि विचार दिन सक्ने अनि आफ्ना विरोधी वा कम्युनिष्ट हरु सँग वैचारिक हिसावले प्रतिवाद गर्न सक्ने व्यक्तिले महत्वपूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने कुरा वारम्वार दोहो¥याइरहन्थे ।

कांग्रेसलाई गुट उपगुट र सहगुटको राजनीतिले कमजोर वनाएको कुरा उनले राम्रै सँग वुझेका थिए । पार्टीको आसन्न महाधिवेशनमा पनि गुट उपगुटको पक्षमा लाग्ने भन्दा नयाँ विचार दिन सक्ने सक्षम अनि देश, जनता र पार्टी समेत वुझेको साथै पार्टीमा निरन्तर क्रियाशिल व्यक्तित्व नै जिम्मेवारीमा आउनुपर्ने उनको स्पष्ट दृष्टिकोण थियो यसै क्रममा यस पंक्तिकारलाई पनि कांग्रेसको राजनीतिको मुल प्रवाहमा जोडिएर जिम्मेवारी लिन प्रेरित गरिरहन्थे उनले ।

उनको वैवाहिक सम्बन्ध पनि राजनीतिक पृष्ठभूमि भएको परिवारमा जोडिन पुगेकोले पनि हुनुपर्छ उनी निरन्तर कांग्रेस र ट्रेड युनियन आन्दोलनका अथक योद्धाको रुपमा स्थापित थिए । उनको धर्मपत्नी सुशिला कुँवर नेपाली कांग्रेसका नेता पूर्व मन्त्री अर्जुननरसिंह केसी र नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसीकी बैनी तथा नुवाकोट कांग्रेसका सभापति जगदीश नरसिंह केसीकी दिदी हुन ।

रामजी कुंवर आफ्ना वुवा र वुवाका समकालिनहरुबाट राजनीतिमा लागेको लागेको भनिरहंदा शायद परिवारकै कारण होला  उनका छोरा प्रशान्त कुँवर पनि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल छन् । हाल वेलायतमा रहेका उनि ग्लोवल गर्भमेन्ट एड्भाइजरी कन्सल्ट्यान्टमा कन्सुलम तथा विजनेस कन्सल्ट्यान्टको रुपमा कार्यरत छन् । विभिन्न वहुराष्ट्रिय कम्पनीमा काम गरिसकेका उनले आफ्ना वुवा रामजीकै प्रेरणाबाट व्रिटेन नेपाल च्याम्वर अफ कमर्सको उपाध्यक्ष समेत रहेर काम गरे । विदेशमा रहेपनि आफ्नो देशलाई माया गर्नुपर्छ भन्ने मनसायले उनले नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन, नेपालमा क्रिकेट खेलको विकास र नेपाल र वेलायतका वीचमा व्यवसायिक सम्बन्ध कायम गर्न र नेपालमा लगानी भित्र्याउन भन्दै विभिन्न कार्यहरु समेत गरे ।

पछिल्लो समय कोभिड १९ को महामारीको वेला पनि नेपाल सरकारलाई वेलायतबाट केही स्वास्थ्य सामग्री र उपकरण पठाउनमा उनको भूमिका महत्वपूर्ण छ । कोभिड १९ को पहिलो चरणमा पोखरा महानगर क्षेत्र भित्रका विपन्न असहायहरुलाई राहत र खाद्य एवं स्वास्थ्य सामग्री वितरणमा खटेका रामजी कुँवर कोभिड–१९ को सेकेण्ड भेरिएन्टमा आफै संक्रमित वन्न पुगे । कोभिड संक्रमण पछि पोखरा र काठमाडौं अस्पतालमा गरी एक महिना वढी समय उपचारका विताएका रामजीको गत असार २३ गते निधन हुन पुग्यो ।

जतिबेला राम्जी कुंवर कोरोनाबाट संक्रमित बन्नुभयो त्यसबेला बाट नै उनको बारेमा आम पोखरेलीहरुमा चिन्ता र चासो प्रकट भईरह्यो । सामाजिक संजालका भित्ताहरुमा उनको तस्विर सहित स्वास्थ्य लाभको कामना गर्ने क्रम त छंदै थियो त्यसमाथी उनलाई भेट्न , स्वास्थ्य अवस्था बुझ्न काठमाडौ जाने वा टेलिफ़ोन सम्पर्क गर्नेहरुको संख्या त असिमित नै थियो ।
कुंवरका जेठान एवं कांग्रेस नेता अर्जुन नरसिंह केसी र केदार नरसिंह केसीको साथै साला जगदीश नरसिंह केसी पनि राम्जी कुँवर प्रति देशका विभिन्न स्थानबाट ट्रेड युनियनकर्मी र कांग्रेसजनबाट निरन्तर टेलिफ़ोन आईरहेको सम्झिन्छन । यस बाहेक उनका नजिकका पोखरेली साथीभाईहरुले पनि त्यस्तै अवस्था व्यहोर्नुपर्यो ।
पोखराका कांग्रेसका युवा नेता पुरुषोत्तम पराजुली भन्छन – मैले वहालाई पोखराको हस्पिटल पुर्याउने र त्यसपछि काठमाडौ पठाउन चांजोपांजो मिलाउने काम गरे लगत्तै साथीहरुको टेलिफ़ोन निरन्तर आईरह्यो तर के गर्नु ? जति चिन्ता र चासो लिएपनि सत्य भनेको अहिले राम्जी कुँवर हामी संग हुनुहुन्न । यस घटनाले एक निःस्वार्थी र सरल अनि समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने कांग्रेस नेता गुमाएको महशुस भएको छ ।

उनको निधनले नेपाली कांग्रेस र नेपाल ट्रेड युनियन कांग्रेसले प्रजातन्त्रको लागि सदैव निष्ठा पूर्वक, सकृय रहने एक अथक योद्धा गुमाएको छ भने पोखरेलीहरुले एक असल, इमान्दार र सरल सामाजिक कार्यकर्ता र राजनीतिक व्यक्तित्व गुमाएको महसुस भएको छ ।
कुँवर परिवारको प्रजातन्त्र प्रतिको योगदान सदैव स्मरणीय रहेको सन्दर्भमा रामजी कुँवरको असमयमा भएको निधनले कुँवर परिवारको आशाको दियो निभेको छ ।

अझ भन्ने हो भने व्यक्तिगत र पारिवारिक रुपमा स्वार्थ रहितको राजनीति गर्दै आएका रामजी कुँवरको अवसानले एक असल, इमान्दार र आफूले लिन भन्दा पनि समाज र देशको लागि केही दिन खोज्ने नेता गुमाएको महसुस सवैलाई भएको छ ।

अलविदा रामजी कुँवर ।

(लेखकः पत्रकारितासँगै पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा पनि सकृय छन् । )

 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
१२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिन आवश्यक छ- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिष्द विस्तार गर्दै, दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी

२०७९ चैत्र १७ मा प्रकाशित

सर्वाधिक पढिएका

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न
समाचार

लोकतन्त्रवादी आदिबासी जनजाति महासंघ कास्कीको पदस्थापन सम्पन्न

२०७९ चैत्र १७ मा प्रकाशित
समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता
अर्थ

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने नवनियुक्त अर्थमन्त्री डा. महतको प्रतिबद्धता

२०७९ चैत्र १७ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई  पद तथा गोपनीयताको शपथ
विशेष

राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

२०७९ चैत्र १७ मा प्रकाशित
नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”
विचार/अन्तरवार्ता

नेका केन्द्रीय सदस्य महरको टिप्पणी “अधैर्यताका साथ देशको भाग्य चम्काउंछु भन्दै भागाभाग गर्ने लाई रामराम बाहेक केही भन्न सकिन्न”

२०७९ चैत्र १७ मा प्रकाशित
मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय
विशेष

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

२०७९ चैत्र १७ मा प्रकाशित
नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून
अर्थ

नागरिक लगानी कोषले विभिन्न बैंकमा लगानी गरेको झण्डै १ अर्ब रुपैयाँ असुल हुने सम्भावना न्यून

२०७९ चैत्र १७ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.