Play

ताङतिङका विपन्न वर्गका ६५ घरपरिवारलाई खाद्यसामग्री वितरण

गुरुकुल खबर


पोखरा असार २६ । नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिका वडा नं २ ताङतिङका अति विपन्न वर्गका ६५ घर परिवारलाई करिब एक लाख ७५ हजार रूपैयाँ बराबरको खाद्यसामग्री वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको खाद्य सामग्री देश तथा विदेशमा रहेका ताङतिङवासीहरुको सहयोगमा संकलित रकम हो । 

कार्यक्रम संयोजक मेजर मन्त्रीजंग गुरुङका अनुसार नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति बेलायतका उपसभापति तर्कजंग गुरुङ, लण्डन बरो अफ वेर्टनका उपमेयर तथा ताङतिङ समाज वेलायतका अध्यक्ष  लक्ष्यबहादुर गुरुङ, अमेरिकाबाट सोम गुरुङ, जीतबहादुर गुरुङको समन्वयमा संकलित रकम र पोखरामा रहेका ताङतिङवासीहरुको सहयोगमा संकलित रकममार्फत खाद्य सामग्री वितरण गरिएको हो ।

खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता देवीजंग गुरुङले पार्टीगत आस्था जुन पार्टीको भए पनि विकास निर्माण र जनताको सेवाका लागि राजनीतिक आस्थाको आधारमा हेर्न नहुने बताए । 

वडाध्यक्ष एकजंग गुरुङले जनताका सेवामा आगामी दिनमा पनि आफूले सकेको काम गर्ने प्रतिवदता जनाए ।नेपाली कांग्रेसका नेताहरु तथा अग्रज समाजसेवी श्रीप्रसाद गुरुङ, टोपबहादुर गुरुङ, बालासिंह गुरुङले आफूहरु जहाँ पुगे पनि आफ्नो जन्मभूमिलाई कहिल्यै भुल्न नसकिने र आफ्ना गाउँलेलाई सानो चोट लागेपनि सबैलाई दुःखने बताए ।

कार्यक्रम संयोजक मेजर मन्त्रीजंग गुरुङले कोरोना महामारीले सिर्जित लकडाउनले निम्न वर्गका नागरिकलाई समस्या भएको बुझेर कांग्रेसका नेताहरुको अगुवाई र समन्वयमा सहयोग गरिएको बताए । 

नेता भोजबहादुर गुरुङको सभापतित्वमा नेपाली सम्पन्न कार्यक्रममा कांग्रेसका युवा नेता एवं मादी गाउँपालिकाका सचिव भोजबहादुर गुरुङ, तरुण दल मादीका नेता चौबहादुर गुरुङ र बीम गुरुङले आ आफ्नो विचार राखेका थिए । 

यसैबीच यसअघि मादीकै सेतीखोला रोहीगाउँमा ५० घर परिवारलाई दुईलाख रुपैयाँ बराबरको खाद्यसामग्री र स्वास्थ्य सामग्री वितरण तथा सेतीखोला रोहीगाउँ खोप केन्द्रलाई ५० हजार रुपैयाँ बराबरको स्वास्थ सामग्री प्रदान गरिएको। यसैगरी आागामी साता मादीकै घ्याम्राङमा पनि खाद्यसामग्री सहयोग गर्ने तयारी भएको संयोजक गुरुङले बताए । एकल महिला र आर्थिक अवस्था कम्जोर भएकाहरुलाई आफूहरुले सहयोग गरेको पनि उनले जानकारी दिए ।

२६ असार २०७८, शनिबार २०:५९ मा प्रकाशित
Nabintech