Play

बाढीमा एम्वुलेन्स पुरिंदा एक बिरामीको मृत्यु

गुरुकुल खबर


पोखरा असार १७ । बाढीमा परी पसगाउँ स्वास्थ्य चौकीको एम्वुलेन्स पुरिंदा एक बिरामीको मृत्यु भएको छ । एम्वुलेन्स पुरिंदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको ज्यान गएको वडाध्यक्ष तोरणहादुर गुरुङले जानकारी दिए । 

ग१झ ४४८ नम्बरको एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । माथिबाट बाढी आएपछि भाग्नेक्रममा एम्वुलेन्स चालक अधिकारीलाई बगाएको थियो । मादी गाउँपालिका वडा नं. ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउनेक्रममा खहरे खोलामा एक्कासी बाढी आएर एम्वुलेन्स पुरेको सिक्लेसका देवीजंग गुरुङले जनाएका छन् ।

चालक अधिकारीलाई वडाध्यक्ष तोरणबहादुर गुरुङ, युवाहरु अर्जुन गुरुङ, दिनेश गुरुङ, समीर गुरुङ लगायतले उद्धार गरि उपचारका लागि पोखरा ल्याइएको बताइन्छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । एम्वुलेन्सका सहचालक भने सकुशल रहेकाछन् । 

१७ असार २०७८, बिहीबार १९:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा