Play

गण्डकी प्रदेश-मुख्य न्यायाधिवक्तामा अधिवक्ता बास्तोला

गुरुकुल खबर


गण्डकी प्रदेशको नवगठित सरकारले पोखराका कानुन व्यवसायी अधिवक्ता रोहितराज बांस्तोलालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपालको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई नियुक्त गरेकी हुन् ।

बास्तोला विगत दुई दशक देखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उनि उच्च अदालत बार एसोसिएसन पोखरा र डेमोक्रटिक लयर्स एसोसिएसन कास्कीका पूर्व अध्यक्ष समेत हुन् । पोखरा महानगरपालिका – ११ फूलबारी घर भएका बांस्तोलालाई यस अगाडी नै नियुक्ति गर्ने चर्चा चलेको थियो ।

बांस्तोला सहित अन्य युवा र अग्रज कानुन व्यवसायीहरु आकांक्षी रहेपनि अन्तिममा बांस्तोलाको नियुक्ति भएको हो । नेपालको संविधान २०७२ को धारा १६० अनुसार उनको नियुक्ति भएको हो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताकाो मर्यादाक्रम उच्च अदालतको न्यायाधीश समान तोकिएको छ ।

मुख्यमन्त्रीले चाहेको अवधिसम्म मुख्य न्यायाधिवक्ता आफ्नो पदमा बहाल रहने संवैधानिक प्रावधान छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुनेछ ।

१४ असार २०७८, सोमबार १९:०५ मा प्रकाशित
Nabintech