Play

उद्योग तथा व्यापार विभागको सदस्यमा पन्त

गुरुकुल खबर


असार १२ पोखरा। पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हरिराज पन्त नेपाली काँग्रेस अन्तरगतको उद्योग तथा व्यापार विभागको सदस्यमा मनोनयन भएका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (छ) बमोजिम पार्टीको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनयन गरेको हो ।

पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेको भएपनि कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् । मनोनयनपत्र बुझ्दै पन्तले निजी क्षेत्र मैत्री वातावरण निर्माणमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने ‘खुल्ला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेसको भूमिका अझ व्यवसाय मैत्री बनाउनको लागि म नीतिगत रुपमा नै लबिङमा लाग्नेछु ।’

नेपाल  वितरक महासंघका महासचिवसमेत रहेका पन्त लायन्स क्लबदेखि अन्य सामाजिक संघ/संस्थामा क्रियाशिल रहेका छन् । पन्तले उद्योगी/व्यवसायीहरुको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता  जनाए ।

१२ असार २०७८, शनिबार २०:२१ मा प्रकाशित
Nabintech