Play

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव र म्याराथनको तेस्रो संस्करण स्थगित

गुरुकुल खबर


अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित कास्की, ४ जेठः अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ ।

कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट)फैलिएको र सो को रोकथामका निम्ति देशका अधिकांश ज़िल्लामा निषेधाज्ञा भई सभा सम्मेलन जस्ता कार्यक्रम गर्न प्रतिबन्ध तथा कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसर गर्ने गरी तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।

समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।  कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७८ साल जेष्ठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गर्ने तयारी गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएको थियो । अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । अन्नपूर्ण म्याराथन तथा पर्यटन महोत्सवका लागि विनियोजित रकम आगामी वर्षमा समेत निरन्तरका लागि समतिले अनुरोध गरेको छ ।

२०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधारशिविरमा आएको हिमआँधिले अन्नपूर्ण आधारशिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० घोषणा भए लगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले विश्वव्यापी बनेको कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएको संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधोज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको छ ।

४ जेष्ठ २०७८, मंगलवार १५:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा