नेपाली काँग्रेस कास्कीले शनिबारबाट २ वटा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
हिमालय अर्गनाइजेसन तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले फोर्स मोटर्सका २ वटा जीप एम्वुलेन्स सेवाकालागि प्रदान गरेका हुन् । अध्यक्ष थापा र प्रबन्ध निर्देशक मिलन थापाले जीप हस्तान्तरण गरेका हुन् ।
कोभिड महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि एम्बुलेन्स सेवा नपाएर हस्पिटल सम्म पुग्न समस्यामा परेका बिरामीहरुकालागि संचालनमा ल्याइएको जनाएको छ । थापाका अनुसार ग्रामिण क्षेत्रका कोभिडका बिरामीकालागि यो महामारी अवधिभर जिप निशुल्क प्रयोग गरिनेछ ।
यसैबीच नेपाली काँग्रेस कास्कीले कोभिडका बिरामीले एम्बुलेन्स सेवाकालागि नेपाली काँग्रेस कास्कीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा क्षेत्रिय सभापतिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय:
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552
प्रतिक्रिया लेख्नुहोस्:-