Play

मुद्रण उद्योग संघ कास्कीमा किरण 

गुरुकुल खबर


मुद्रण उद्योग संघ कास्कीको चौथो अधिवशेनबाट अध्यक्षमा रोजिना अफसेट प्रेसका सञ्चालक गिरबहादुर श्रेष्ठ (किरण) सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन्।

त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कन्चन प्रिन्टर्सका चिन्तामणी बास्तोला, प्रथम उपाध्यक्षमा गोर्खाली अफसेट प्रेसका जिवन गोर्खाली, द्वितीय उपाध्यक्षमा दि मोर्डन अफसेट प्रेसका दिनेशचन्द्र बास्तोला, महासचिवमा फिस्टेल पब्लिकेशन प्रा.लि.का रामप्रसाद भुर्तेल, सचिवमा ग्राफिक सोलुशनका राजन कुमाल, कोषाध्यक्षमा ओजन अफसेट प्रेसका प्रकाशराज पौडेल र सह–कोषाध्यक्षमा एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसका पदम श्रेष्ठ, सदस्यहरुमा अनन्त अफसेट प्रेसका अनन्त प्रधानाङ्ग, रञ्जित अफसेट प्रेसका कृष्ण रञ्जित, निशा अफसेट प्रेसका पुष्कर श्रेष्ठ, शुभकामना अफसेट प्रेसका नारायण अधिकारी, पश्चिमाञ्चल छापाखाना गुरुदत्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।

नवनिर्वाचित कास्कीका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले कार्यक्रममा बोल्दै “कास्कीमा सञ्चालन रहेका मुद्रण व्यवसायीहरुको बृद्धि, विकास र आइपर्ने समस्या समाधानको लागि जुनसुकै समयमा पनि लागि पर्ने जानकारी गराएछु। यस अघि गरिएका कामहरुलाई निरन्तरता दिई अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु” उनले भने । त्यसैगरी उनले सम्पूर्ण नवनिर्वाचित सम्पूर्ण साथीहरु संस्था र व्यवसायको जिम्मेवारी बुझि लागि पर्न समेत आग्रह गरेका थिए।

अजय क्षेत्री
गुरुकुल सम्वाददाता

२२ फाल्गुन २०७७, शनिबार २२:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा