तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Friday, January 27, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सात वटै प्रदेशमा स्कूल अफ डेमोक्रेसीका अध्यक्ष चयन

गुरुकुल खबर गुरुकुल खबर
२०७७ साउन ३० मा प्रकाशित
in कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५, बाग्मती प्रदेश, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सुदूरपश्चिम प्रदेश
सात वटै प्रदेशमा स्कूल अफ डेमोक्रेसीका अध्यक्ष चयन
57
SHARES
228
VIEWS
Share on FacebookShare on Twitter

अजय क्षेत्री
गुरुकुल सम्वाददाता

स्कूल अफ डेमोक्रेसीले सातवटै प्रदेशमा अध्यक्ष चयन गरेको छ । हालसम्म देशभर ६७ जिल्लामा संगठन विस्तार गरेको यस संस्थाले हालै सातै प्रदेशमा अध्यक्ष तोकेको हो । स्कूल अफ डेमोक्रेसीले १८ भन्दा बढी देशमा संगठन विस्तार गरी सकेको छ । स्कुल अफ डेमोक्रेसी विश्वभर लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानवादको मूल मर्मलाई आत्मसाथ गर्दै लोकतान्त्रिकरणको प्रक्रियामा योगदान गर्दै आएको संस्था हो । । वि. सं २०६८मा स्थापना भएको यस संस्थाले जनअधिकारको र प्रजातन्त्रका लागि भएका आन्दोलनमा साथ दिदैं र समर्थन जनाउँदै आएको छ ।

प्रदेश १ मा विशाल श्रेष्ठ, प्रदेश २ मा अरुण पञ्जीयार, प्रदेश ३ मा मदनकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशमा गंगाधर पराजुली अध्यक्ष तोकिएका छन् । यसैगरी प्रदेश ५ मा जीवनारायण अधिकारी, प्रदेश ६ मा डा महेन्द्रकुमार मल्ल र प्रदेश ७ मा धर्मदेव भट्टले अध्यक्षको जिम्मेवारी पाएका छन् । यसैगरी  युरेक रंजितको संयोजकत्वमा उपत्यका समन्वय समिति पनि गठन गरेको छ

विशाल श्रेष्ठ , अध्यक्ष, प्रदेश १ –   स्कूल अफ डेमोक्रेसी प्रदेश १को संयोजकको जिम्मेवारी पाएका  धरान उपमहानगरपालिका सुनसरीका श्रेष्ठ प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व उपाध्यक्ष, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक, धरान सिटी कलेजका प्रिन्सिपल, नेवार एकता समाज अध्ययन केन्द्रका पूर्व अध्यक्ष, जल्पादेवी सहकारी संस्थाका अध्यक्ष र सुनसरी बडी विल्डिङ संघका अध्यक्ष हुन् । श्रेष्ठ एक दर्जन भन्दा बढी संघसंस्थाबाट पुरस्कृत भएका छन् । त्यसैगरी उनको आबद्धत एक दर्जन भन्दा धेरै संघसस्थामा रहेको छ ।

अरुण पञ्जीयार, अध्यक्ष, प्रदेश २ –  २०५७ सालमा नेविसंघ ल क्याम्पस ईकाइ सचिव हुँदै नेविसंघको विभिन्न जिम्मेवारी सम्हालेका अरुण स्कूल अफ डेमोक्रेसी प्रदेश २ का संयोजक हुन् । जनकपुर उपमहानगरपालिका १९ धनुषाका उनी नेपाल डेमोक्रेटिक लयर एशोसियसनको पूर्व महासचिव हुन् । त्यसैगरी पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको कानूनी सल्लाहकारको जिम्मेवारीमा समेत पञ्जीयार एक दर्जन भन्दा बढी संघसंस्थामा आबद्ध उनको कानुनी सेवामा २० वर्ष योगदान रहेको छ ।

मदनकृष्ण श्रेष्ठ ,अध्यक्ष,प्रदेश ३ –  नेपाली कांग्रेसका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ स्कूल अफ डेमोक्रेसी प्रदेश ३ का संयोजक हुन् । २०५२ सालको सत्याग्रहमा उनी ९ महिना जेल परेका थिए । नेपाल नगरपालिका संघ कार्यकारी सदस्य, कांग्रेस स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यको भूमिका समेत उनी छन् । श्रेष्ठ २०४८ सालदेखि २०५६ सम्म भक्तपुर निर्वाचन क्षेत्र २ को सभापति, २०४५देखि २०५९सम्म मध्यपुर नगरपालिकाको नगरप्रमुख थिए । नेपाल खानेपानी संस्थानको पूर्व केन्द्रीय सदस्यको जिम्मेवारी समेत पुरा गरिसकेका छन् । उनी विभिन्न एक दर्जन भन्दा बढी संघसंस्थाबाट उनी सम्मानित भएका छन् ।

गंगाधर पराजुली,अध्यक्ष , गण्डकी प्रदेश –  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको लागि क्रियाशील पराजुली २०४६ सालको जनआन्दोलनमा २ महिना जेल बसेर बहुदलको घोषणा संगै जेल मुक्त भएका थिए । प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र र स्वतन्त्रताका लागि भएका आन्दोलनका कार्यक्रमका दौरानमा उनि धेरै पटक पक्राउ परि प्रहरी हिरासतमा बसेका थिए । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनको केन्द्रीय समितिको उपसभापति रहेर तथा नेपाल शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस जस्ता विभिन्न संघसंस्थाहरुमा रहेर काम गरेका पराजुलीले पछिल्लो पटक नेपाल सरकार, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको ज़िम्मेवारी सम्हालेका थिए ।उनको कार्यकालमा श्रमजीवि पत्रकार र मिडियामा कार्यरत कर्मचारीहरुको न्यूनतम पारिश्रमिकमा उल्लेखनीय वृद्धि भएको थियो । विभिन्न संचार माध्यममा संवाददाता देखि प्रधान सम्पादकको रुपमा , विभिन्न संघ संस्थामा विभिन्न पदीय ज़िम्मेवारी लिएका पराजुलीले पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, दयाशंकर स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, गजेन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार, बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार, नेपाल जेसिसबाट राष्ट्रिय प्रतिभा पुरस्कार समेत दर्जन बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन ।

जीव नारायण अधिकारी , अध्यक्ष, प्रदेश ५ – स्कुल अघि डेमोक्रेसी शिक्षा र कानुन क्षेत्रमा १८ वर्ष योगदान पु¥याएका जीव नारायण अधिकारी स्कूल अफ डेमोक्रेसी प्रदेश नं ५ को अध्यक्षको जिम्मेवारीमा छन् । सन्धीखर्क नगरपालिका, ५ अर्घाखाँचीमा जन्मिएका अधिकारी त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विषयको उपप्राध्यापक हुन् । पूर्व विभागीय प्रमुख समेत रहेका उनी नेपाली कांग्रेस रुपन्देहीका प्रशिक्षक, नेपाल बार एशोसियसन उच्च अदालतको पूर्व उपाध्यक्ष, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको अध्यक्षको जिम्मेवारीमा थिए । वातावरण पत्रकारिता पुरस्कार २०७४बाट सम्मानित भएका छन् ।

डा. महेन्द्रकुमार मल्ल, अध्यक्ष , प्रदेश ६ – स्कूल अफ डेमोक्रेसी स्कूल अफ डेमोक्रेसी प्रदेश ६का अध्यक्ष डा महेन्द्रकुमार मल्लको १२ वटा सन्दर्भ पुस्तकहरु प्रकाशित छन् । भाषाविज्ञान, पूर्वीय एवं पाश्चात्य साहित्य सिद्धान्त, भाषाविज्ञानका प्रमुख सिद्धान्त, विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यास प्रकाशित छन् । दुई दर्जनभन्दा धेरै अनुसन्धानात्मक लेखहरु पनि प्रकाशित भएका छन् । दैलेखको डङगेश्वर गाउँपालिका वडा नं ६मा जन्मिएका हाल वीरेन्द्रनगर नगरपालिका वडा नं १० सुर्खेतमा बस्दै आएका मल्लले २०६८ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । सुर्खेत क्याम्पसको क्याम्पस प्रमुख , मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना मूल समितिको सदस्य सचिव, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रारको भूमिकामा समेत उनी छन् ।

धर्मदेव भट्ट अध्यक्ष , सुदुरपश्चिम प्रदेश – हाल धनगढी उपमहानगरपालिकामा बसोबास गर्दै आएका धर्मदेव भट्टको जन्म अजयमेरु गाउँपालिका २ , डडेल्धुरामा भएको हो । स्कूल अफ डेमोक्रेसीको प्रदेश ७ को अध्यक्षको जिम्मेवारी पाएका उनी सुदुरपश्चिमको ऐश्वर्य बहुमुखी क्याम्पसमा १४ वर्र्षदेखि प्रमुख छन् । पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय सदस्य रहेका उनी राष्ट्रिय शिक्षा पुरस्कार लगायत ५ दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित छन् नागरिक समाज कैलालीको पूर्व अध्यक्ष समेत हुन् ।

स्कूल अफ डेमोक्रेसी( एसओडी)का केन्द्रीय अध्यक्ष नैनसिंह महरले स्वास्थ्य , शिक्षा, खाद्य सुरक्षा , रोजगारी लगायतका पक्षमा संसारभरका राजनीतिक संवाद सुरु गरेको बताए । राजनीतिमा नैतिकता र आदर्शलाई पुनर्जीवन प्रदान गर्न,समाज र राजनीतिक व्यवस्थालाई बलियो बनाउन, नागरिक चेतना अभिवृद्धि गरी बलियो नागरिक समाज स्थापना गर्न, नेतृत्व विकास र क्षमता अभिवृद्धि गरी युग सुहाउँदो जनशक्ति निर्माण गर्न, नीति तर्जुमा गरी समाज र राष्ट्रलाई मार्गनिर्देशन गर्न, मानवअधिकार र सामाजिक न्यायको वकालत गर्न, समाजमा विद्यमान कुरीति र विभेद अन्त्य गर्न ,राजनीतिमा नैतिकता र आर्दशलाई पुनर्जीवित तुल्याउन स्कुल अफ डेमोक्रेसीको जन्म भएको अध्यक्ष महरले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

सर्वाधिक पढिएका

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा
अर्थ

गहुँ आयात रोकिदा अधिकांश विस्कुट उद्योग बन्द हुने अवस्थामा

२०७९ माघ ११ मा प्रकाशित
पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार
गण्डकी प्रदेश

पोखराका पत्रकार घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

रवि लामिछानेको नागरिकता र प्रतिनिधिसभा सदस्यको वैधतामा प्रश्न, रिटमाथिको सुनुवाइ ‘हेर्दा हेर्दै’मा

२०७९ माघ ११ मा प्रकाशित
कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क
अपराध

कार्यविधिमा उल्लेख गरिएको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक रहेको सरकारी वकिल रेग्मीको तर्क

२०७९ माघ ११ मा प्रकाशित
”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने
खेलकुद

”मुन्द्रे’’ले पोखरा म्याराथनमा सहभागिता जनाउने

२०७९ माघ ११ मा प्रकाशित
”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल
खेलकुद

”जेसिए” हिसान फुटसल कास्की जिल्ला च्याम्पियन बन्न सफल

२०७९ माघ ११ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.