तपाइँ यिबेला सुन्ै हुनुहुन्छ सुनौलो एफ ए १०२. २ मेगाहर्ज
Sunday, February 5, 2023
Gurukul Khabar
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • विशेष
  • विचार/अन्तर्वार्ता
  • मेरो शिक्षा
  • समाचार
    • शिक्षा/स्वास्थ्य
    • राजनीति
    • विश्व
  • प्रदेश
    • प्रदेश नं १
    • प्रदेश नं २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश नं ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • व्यक्ति/संस्था
  • सूचना
    • परीक्षा तालिका
    • परीक्षाफल
  • विविध
    • खेलकुद
    • कला/साहित्य
    • मनोरञ्जन
    • अर्थ
    • अपराध
    • प्रविधि
    • कार्टुन
    • ब्लग
    • फोटो ग्यालेरी
  • Gurukul TV
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gurukul Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पदाधिकारीको नियुक्ति नहुंदा पोखरा विश्वविद्यालयका सबैजसो गतिविधि ठप्प

गुरुकुल खबर गुरुकुल खबर
२०७७ साउन ९ मा प्रकाशित
in गण्डकी प्रदेश, राजनीति, विशेष, शिक्षा/स्वास्थ्य, समाचार
पदाधिकारीको नियुक्ति नहुंदा पोखरा विश्वविद्यालयका सबैजसो गतिविधि ठप्प
28
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter
अजय क्षेत्री
गुरुकुल सम्वाददाता . पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहँदै आएको उपकुलपति र रजिस्टार लगायतका पदाधिकारीको नियुक्ति नहुंदा विश्वविद्यालयका सबैजसो गतिविधि प्रभावित बन्दै गएका छन । ६६ वटा स्कुल, कलेजले सम्बन्धन प्राप्त गरेको र ३० हज़ार भन्दा बढ़ी विधार्थी अध्ययनरत पोखरा विश्वविद्यालय पनि अरु शिक्षण संस्था जस्तै कोरोना महामारीका कारण समस्यामा त परेको छ नै , त्यसमाथी पदाधिकारीको नियुक्ति नहुंदा अध्ययन, अध्यापन , परीक्षा संचालन र प्रकाशन बन्द भएको छ भने भविष्यका लागि नीति र कार्यक्रम तथा रणनीति समेत बन्न सकेको छैन ।
विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न विभिन्न क्षेत्रबाट निरन्तर दवाव दिएपनि अझैसम्म सरकारले चासो देखाएको छैन ।
पोखरा विश्वविद्यालय प्रजातन्त्रबादी कर्मचारी संघका अध्यक्ष तेज नारायण पराजुली र प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष संजिव थापाले यस अगाडी विज्ञप्ति जारी गरेर तथा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएर तत्काल पदाधिकारीहरुको नियुक्ति गर्न माग गरेका थिए ।
विश्वविद्यालय नेतृत्वविहीन भएपछि विश्व विद्यालयको सभा, कर्मचारी नियुक्ति, शिक्षक नियुक्ती, परिक्षा प्रणाली, छात्रवृत्ति, स्ववियुको चुनाव, दीक्षान्त समारोह, टिचिङ अस्पतालको निर्माण लगायत काम प्रभावित भएका छन् ।
प्रजातन्त्रबादी कर्मचारी संघका अध्यक्ष तेज नारायण पराजुलीका अनुसार उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त छ । पूर्णकालीन पदाधिकारी नहुँदा विश्व विद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न सकेको छैन ।
लामो समय पदाधिकारी नियुक्ति गर्न सम्म वेवास्ता गरिएपछि यतिबेला विधार्थीहरु पनि आन्दोलित बनेका छन । जस अनुसार पोखरा विश्वविद्यालयमा अध्ययन गर्ने नेपाल विधार्थी संघका नेताहरु गोविकृष्ण तिवारी, निरोज लामिछाने र राजीव भण्डारीले बिहीबारबाट केन्द्रीय कार्यालयको गेटमै नै रिले अनसन सुरु गरेका हुन् । पदाधिकारीहरु नियुक्ति गर्ने आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने विद्यार्थी नेता गोपीकृष्ण तिवारीले बताए ।
विगत १० महिनायता विश्व विद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै रिले अनसन बस्नुपरेको राजीव भण्डारीले वताए ।
विश्वविद्यालयका पूर्वउपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएको थियो । त्यसलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको ३ महिने नियुक्ति भयो ।
उनको पनि ३ महिने म्याद सकिएपछि प्राडा इन्द्रप्रसाद तिवारीलाई पुस १४ गते अर्को व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइयो । तिवारी वैशाख २१ गते अवकास भए ।
शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले उपकुलपतिमा मंसिरमै ३ जनाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले अझै नियुक्ति गरेका छैनन् । यसबीचमा सरकारले पोखरा विश्व विद्यालयको नाममा पोखरा ३२ मा रहेको ३५० रोपनी जग्गासमेत गण्डकी विश्व विद्यालयलाई दिने निर्णयसमेत गरिसकेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचार

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

सर्वाधिक पढिएका

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता
खेलकुद

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

२०७९ माघ २१ मा प्रकाशित
कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे
राजनीति

कांग्रेसलाई बाइपास गरेर एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार न त चल्न सक्छ न त टिक्न सक्छ -कांग्रेस संसदीय दलका नेता पाण्डे

२०७९ माघ २१ मा प्रकाशित
सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज
विशेष

सिडेन कास्कीको दोश्रो अधिवेशन सम्पन्न, सभापतिमा संजय राज

२०७९ माघ २१ मा प्रकाशित
प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा
राजनीति

प्रचण्डले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटको सँघारमा

२०७९ माघ २१ मा प्रकाशित
गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्न सर्वोच्चले जारी गरेको पाँच कारण
राजनीति

रविलाई गृह मन्त्रालयमा फर्कन संविधानको व्यवस्था बाधक हुने, राजनीतिक समीकरण मिलाउन मागेको पद दिएर संविधान र कानुन ‘ध्वस्त’ बनाइने खतरा

२०७९ माघ २० मा प्रकाशित
लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व
कला/साहित्य

लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीको अध्यक्षमा कार्की, कांग्रेस निकट कलाकारको बर्चस्व

२०७९ माघ १९ मा प्रकाशित

गोल्डेन मिडिया ग्रुप प्रा.लि
दर्ता नं. 176654/074|75
सूचना विभाग दर्ता नं. ३११६-२०७८/७९
.........
कार्यालय: 
धवल मार्ग (जिरो कि.मी.) पोखरा -०५
गण्डकी प्रदेश, कास्की
सम्पर्क: 061-531533
सम्पर्क कार्यालय:
बसुन्धरा चोक, काठमाण्डु
फोन नं. 01-4985552

अध्यक्ष/संचालक : गंगाधर पराजुली
निर्देशक : ऋषिराम काफ्ले
सम्पादक : रीता गुरुङ

Email: [email protected]
सम्पर्क : +977 9856022332

Pages

Home Blog Our Team
Contributors
About us Terms of use
Sitemaps
Advertisement Privacy

Navigation


गृहपृष्ठ  शिक्षा/स्वास्थ्य  मेरो शिक्षा 
विचार/अन्तर्वार्ता समाचार  राजनीति 
प्रदेश नं. १  प्रदेश नं. २  बाग्मती प्रदेश 
गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश व्यक्ति/संस्था सूचना/जानकारी
परिक्षा तालिका परीक्षाफल  विश्व 
खेलकुद  कला/साहित्य मनोरञ्जन 
अर्थ अपराध प्रविधि
कार्टून  ब्लग फोटो ग्यालेरि 
Gurukul TV  English   

गुरुकुल खबर डटकम © 2021, सर्वाधिकार सुरक्षित  |  Site By : MPG Solution

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • About us
  • Advertise
  • Blog
  • Contributors
  • Home
  • Our Team
  • Privacy Policy
  • Site Maps
  • Terms of use

© 2023 Gurukul Khabar - Designed by MPG Solution.