Play

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

गुरुकुल खबर


राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा दशैं अगाडि गर्ने तयारी गरेको छ। सरकारले भदौ १ गतेदेखि परीक्षा संचालन अनुमति दिएसँगै बोर्डले परीक्षाको तयारी अगाडि बढाएको हो ।असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार बोर्डले मन्त्रालयसँग परीक्षा संचालनको लागि अनुमति मागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने अर्यालले बताए ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्दै परीक्षाहरु स्थगित गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले क्वारेन्टिनको रुपमा प्रयोग गरिएका विद्यालयलाई सफा सहित निर्मलिकरण गर्ने बताए ।

८ श्रावण २०७७, बिहीबार २१:१७ मा प्रकाशित
Nabintech