Play

वरिष्ठ नेता पौडेल र महामन्त्री कोईरालासहितको टोली रानाभाटको निवासमा

गुरुकुल खबर


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टीका महामन्त्री डा. शसांक कोईराला सहितका कांगेसका नेताहरु पोखरामा पुगेर कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटकी आमा प्रति श्रद्धान्जली अर्पण गरेका छन ! रानाभाटकी आमा खिमकुमारी रानाभाटको १ सय वर्षको उमेरमा निधन भएको एघारौं दिन वरिष्ठ नेता पौडेल सहितको टोली रानाभाटको निवास पोखरा -२५ मा पुगेर दिवंगत आमा प्रति श्रद्धान्जली अर्पण गर्नका साथै परिवारमा समवेदना प्रकट गरेको हो ।
टोलीमा पौडेल र कोइराला सहित कांग्रेस केन्द्रीय सदस्यहरु सुरेन्द्र पाण्डे , धनराज गुरुड., बद्री पाण्डे , गुरुराज घिमिरे , जीवन परियार , कृष्ण चन्द्र नेपाली सहित कास्की कांग्रेसका नेता यज्ञ बहादुर थापा , सभापति कृष्ण केसी , प्रदेश सांसद बिन्दु कुमार थापा र सरिता गुरुडं , तनहुंका नेता रघुनाथ पौडेल , बैकुण्ठ न्यौपाने, विश्व गुरुड. सहित पार्टीका नेता , सांसद लगायत भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
त्यस अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीमा ‘घर सांग्लो लाई कहिले काहीं बन सांग्लोले खाए जस्तो अवस्थाआएको ‘तर आंफुहरुले त्यस्तो हुन नदिने कुरामा जोड दिए । उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनुपर्नेमा जोड दिए । पौडेलले नेकपाको वर्तमान सरकारको कार्यशैलीको पनि आलोचना गरे ।
कांग्रेसका महामन्त्री डा. कोईरालाले आसन्न महाधिवेशन पछि कांग्रेस अझ शसक्त बन्ने विश्वास व्यक्त गरे । श्रद्धांजली सभा पार्टीका वडा समितिका अध्यक्षतामा भएको थियो भने स्व. रानाभाटको योगदानका बारेमा स्थानीय हरी अधिकारीले जानकारी गराएका थिए । कांग्रेस नेताहरुले स्वर्गीय रानाभाटको तस्विरमा पुष्पार्पण गरि श्रद्धांजलि अर्पण गरेका थिए ।
स्व. रानाभाटका चार जना छोराहरु कांग्रेस पूर्व महामन्त्री तारानाथ रानाभाट सहित नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट , खिलेन्द्र रानाभाट र सुविन्द्र रानाभाट रहेका छन । वहांहरुकी आमा एवं प्रजातन्त्रकी सेनानी खीमकुमारी रानाभाटका श्रीमान स्व. नारायण दत्त रानाभाट पनि प्रजातन्त्रका सेनानी थिए । लामो समयदेखि अशक्त अवस्थामा रहेकी खीमकुमारीले नेपाली कांग्रेसको राजनीति र प्रजातन्त्रका लागि भएका पटक पटकका आन्दोलनमा महत्वपूर्ण योगदान गरेको र आमाकै प्रेरणाले छोराहरुलाई राजनीतिमा अगाडी बढ्न सहज भएको बताईन्छ ।
पार्टीभित्रको घर सांग्लो

२ श्रावण २०७७, शुक्रबार २२:३० मा प्रकाशित
Nabintech