Play

लेखनाथबासीलाई पोखरा महानगरले समेट्न सकेन – अध्यक्ष आत्रेय

गुरुकुल खबर


पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा विहीबारबाट १८ औं लेखनाथ महोत्सव सुरु भएको छ ।

विभिन्न झाकी र र्याली सहित सुरु भएको महोत्सवको उदघाटन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङका गरेका थिए ।

महोत्सवको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले औद्योगिक विकासका लागि प्रदेश सरकारले पहल गरीरहेको बताउँदै उद्योग वाणिज्य संघले पनि व्यापार व्यवसाय प्रवद्धर्नमा महत्वपूर्ण भूमिका खेलेको विचार व्यक्त गरे । यस्ता खालका महोत्सवले उत्पादकलाई मात्र नभई उपभोक्तालाई पनि प्रत्यक्ष लाभ पुग्ने र बजारीकरणको बिस्तार हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ प्रमुख अतिथिको मन्तव्य दिदै (भिडियो)

उदघाटन सत्रमा बोल्दै महोत्सव आयोजक संस्था लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथको व्यापारव्यवसायमा टेवा पुर्याउन महोत्सवको आयोजना गरिएको र यसले व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष अत्रेयले पोखरा र लेखनाथ मिसिएर पोखरा महानगरपालिका भईसकेको अवस्थामा पनि लेखनाथबासीले अपनत्व प्राप्त गर्न नसकेको गुनासो गरे । विकास निर्माणका कार्यमा होस् या सामाजिक काममा होस् लेखनाथबासीलाई पोखरा महानगरले समेट्न नसकेको बताए । अत्रेयले भने – भूगोल एक भईसक्यो तर हाम्रो मन मिल्न सकेको छैन, भावना मिल्न सकेको छैन, पोखरा महानगरले हामीलाई अपनत्व अनुभव गराउन सकेन ।

अध्यक्ष छत्रधर अत्रेयको मन्तव्य (भिडियो)

अध्यक्ष अत्रेयका अनुसार पुस ७ देखि १८ सम्म हुने महोत्सवबाट १० लाख रुपैया बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट ९५ लाख आम्दानी गर्ने तर ८५ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिंदै अध्यक्ष आत्रेयले भने – यस पटक २ लाख ५० हजारले मेला अवलोकन गर्ने अनुमान हाम्रो छ ।

महोत्सवमा लेखनाथ क्षेत्रका नया पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिन डकुमेन्ट्रि प्रदर्शन , बेगनास तालको आकारको डेमो प्रदर्शन, सांस्कृतिक प्रदर्शनी र ग्रामीण तथा घरेलू उत्पादनका सामाग्रीको प्रदशनी सहित व्यापार हुनेछ भने स्थानीय राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादनहरु समेत महोत्सवमा व्यापारको लागि राखिनेछ ।

८ पुष २०७९, शुक्रबार १२:४८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा