Play

आहा ! रारा पोखरा गोल्डकप फुटबलको पुरस्कार राशीमा बृद्धि

गुरुकुल खबर


पोखरा । सहारा क्लब पोखराले प्रत्येक वर्ष आयोजना गर्दे आर्ईरहेको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरको छ ।

२२ औ आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिता विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यस अघिको संस्करणमा विजेताले पाउने नगद रकममा २ लाख र उपविजेतालाई १ लाख थप गरिएको हो ।

क्लबले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दे सो कुराको जानकारी दिएको हो ।

२२ औ संस्करण पुस १४ गते देखि २३ गते सम्म पोखरा रंगशालामा आयोजना हुदैछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लब,विभागीय क्लब,विदेशी क्लब र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।

प्रतियोगितामा तिन विभागीय त्रिभुवन आर्मी,नेपाल पुलिस र नेपाल ए.पि.एफ रहने छ । मनाङ मस्र्याङ्दी क्लब,चर्च ब्वाइज युनाइटेड फुटबल क्लब,मछिन्द्र क्लब,संकटा क्लब,धरान फुटबल क्लब,आयोजक सहारा क्लब र अमेरिकी फुटबल क्लब गरि १० टीमको सहभागीता हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा रहेको बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेका छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सुर्य बहादुर के.सी स्मृतिमा प्रदान गरिने छ ।

प्रतियोगिताको सह उप प्रायोजक मुल्केरी इन्स्टिच्युट अफ हस्पिटालिटी र चरक मेमोरियल हस्पिटल प्रा.लि.नागढुंगा रहेको छ । एजुकेसन पार्टनर हिमाश कन्सल्टेन्सी,अफिसियल बैक लुम्बिनी विकास बैंक,अनलाइन टिकेटिङ पार्टनर- MY PAY,अफिसियल स्पोर्ट्स वयर एक्स टेप,एयरसन ईन्टन्यासनल प्रा.लि इन्टरनेट पार्टनर,पब्लिक 4k,टेलिभिजन प्रत्यक्ष प्रसारण,अफिसियल एयरलाइन्स बुद्ध एयर रहेका छन ।

“खेलकुदको विकासमा सहकार्य गरौं,पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यका साथ आयोजना हन गई रहेको प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी हुने र खर्च कटाएर ४५ लाख ९४ हजार बचत गर्ने आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद बरालले बताए ।

मोफसलको प्रतिष्ठित सहारा क्लबले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी विपन्न तथा कठिन परिस्थितिका १३ जना बालकलाई फुटबल प्रशिक्षण गराउदै आवासीय सुविधा दिएको छ । आयोजक सहारा क्लबले प्रतियोगिताबाट बचत रकम सोही एकेडेमी संचालर्नाथ खर्चिने गर्दछ ।

 

५ पुष २०७९, मंगलवार २३:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा