Play

एमालेले समानुपातिक सांसदको टुंगो शुक्रबार लगाउने, चुनावपछि पहिलो पटक काँग्रेस कार्यसम्पादन समिति बैठक

गुरुकुल खबर


नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा चुनावपछि पहिलो पटक कार्यसम्पादन समिति बैठक बोलाएको छ। मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मत परिणाम आइसकेको छ।

काँग्रेसले मंसिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ। कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू छन्। कार्यसम्पादन समिति बैठकमा संसदीय दलको नेता चयनका लागि मिति तय गर्नेजस्ता विषय पनि छलफल हुन सक्ने बताइएको छ।

२२ मंसिर २०७९, बिहीबार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा