Play

अन्तर्घात गर्ने कांग्रेस नेता कार्यकर्तालाई कार्बाही गर्न केन्द्रमा सिफारिस गर्ने कास्की कांग्रेसको निर्णय

गुरुकुल खबर


पोखरा , नेपाली कांग्रेस कास्कीको बिहिवार बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उमेदवारलाई हराउन सक्रिय रहेकाहरुलाई कारबाही गर्नका लागि पार्टिको केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

कास्कीका ३ निर्वाचन क्षेत्र अन्तर्गत कांग्रेस सहितको गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ६ जना उमेदवार रहेपनि २ जना प्रदेश सभा सदस्य मात्र बिजयी भएका थिए ।

९ जना मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना उमेदवार रहेकोमा २ ख का बिन्दु कुमार थापा र ३ ख का प्रकाश बराल बिजयी भएपनि १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको उमेदवार बनेका पार्टीका जिल्ला सभापति किशोरदत्त बराल र १ ख को प्रदेश सांसदका उमेदवार दिपक गुरुडं माईला दुबै जना पराजित भएका थिए ।

नेपाली कांग्रेसको पक्षमा माहौल देखिएको मात्र नभएर जनाधार र उमेदवारको योग्यता र सक्रियताका कारण पनि बराल र गुरुडं दुबै बिजयी बन्ने अनुमान गरिएको थियो तर अनुमान बिपरित बराल र गुरुडं दुबै पराजित भएपछि पार्टीका केही नेताले अन्तर्घात गरेको कारण उनिहरु पराजित बन्न पुगेको चर्चा चल्दै आएको छ।

सोही कारणले मतगणनाको परिणाम सार्वजनिक भए लगत्तै करिव २ सय जति कांग्रेस कार्यकर्ता र समर्थकहरुले कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीको पोखरा महानगरपालिका -१३ स्थित घर अगाडी पुगेर नाराबाजी गरेका थिए ।

कांग्रेसका उमेदवारलाई हराउन विपक्षी नेकपा एमालेका उमेदवारहरुसंग साँठगाँठ गरेको मात्र नभएर कांग्रेस उमेदवारको बिरोधमा मत मागेको आरोप केसीमाथी लाग्दै आएको छ ।

यसै विषयलाई लिएर कास्की कांग्रेसको बिहिवार सम्पन्न बैठकमा पनि सबै जसोले चिन्ता प्रकट गरे । पार्टी भित्र अराजकता र अनुशासनहीनता अन्त्य गर्न पनि पार्टीका उमेदवारलाई असहयोग गर्ने हरुलाई कारबाही गर्नुपर्नेमा जिल्ला समितिका पदाधिकारी र सदस्यहरुले जोड दिएका थिए । तर कारबाही सिफारिस गर्नु पुर्व आवश्यक प्रमाण जुटाउनुपर्नेमा सबैले जोड दिएको नेपाली कांग्रेस कास्की जिल्ला कार्य समितिका सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।

बैठकमा केसी सहित केही व्यक्तिका नामका बारेमा चर्चा भएपनि बिना प्रमाण कसैमाथी कारबाही गर्दा संगठनमा क्षती पुग्ने तर अराजकता र पार्टी भित्र अनुशासनहीनता अन्त्य गर्न कारबाही गर्नुपर्ने सम्बन्धमा व्यापक छलफल भएको जिल्ला सदस्य पराजुलीले जानकारी दिए ।

यसै सन्दर्भमा पार्टी निर्णय विपरीत काम गर्नेहरुको सम्बन्धमा पार्टीको वडा र पालिका तहबाट नै सुझाव सहित पार्टी निर्णय विपरीत भुमिका खेलेको तथ्य प्राप्त भएमा उनिहरुलाई कारबाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको बुझिएको छ । जसका कारण जिल्लाभित्र कस कसलाई कारबाहीको सिफारिस गर्ने भन्ने सम्बन्धमा टुंगो लाग्न थप केही दिन लाग्ने देखिएको छ ।

यसैबिच बैठकमा आमन्त्रित गरिएका नेपाली कांग्रेस मादी गाउंपालिकाका सभापति याम बहादुर गुरुडंले पार्टीका निवर्तमान सभापति कृष्ण केसीले पार्टीका उमेदवार हराउन आफुहरुलाई बोलाएर निर्देशन दिएको कारण उनी सहित अन्तरघात गर्नेहरुमाथी कारबाही गर्नुपर्ने भन्दै जिल्ला कार्य समितिको ध्यानाकर्षण गराएको बुझिएको छ ।

गुरुडंले पुर्व सभापति केसीले बोलेको संक्षिप्त अडियो समेत सुनाएको र अन्तर्घात गर्नेलाई सचेत गराउन स्वतस्फुर्त रुपमा आंफु सहितका कार्यकर्ता मिलेर नाराबाजी गरिएको बताएका थिए ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले नेपाली कांग्रेस सहित गठबन्धनका उमेदवार हराउन पार्टीका केही ज़िम्मेवार साथीहरु सक्रिय रहेको चर्चाले व्यापकता पाउंदै गर्दा केही तथ्यगत प्रमाणहरु समेत संकलन भएको जानकारी बैठकमा गराएका थिए ।

उनले निर्वाचनमा पराजय भोग्नुमा उमेदवार स्वयंको पनि केही कमजोरी भएको हुन सक्ने भन्दै आधिकारिक उमेदवार हराउन भुमिका खेल्नेहरुलाई प्रमाण पुर्याएर कारबाहीको सिफारिस गर्ने कुरामा आंफु प्रतिवद्द रहेको बैठकमा जानकारी गराएका थिए ।

बैठकमा जिल्ला समितिका उपसभापति रामबाबु भण्डारी र युवराज कुंवर , सचिव भानु ढकाल र देवेन्द्र रानाभाट, सहसचिव शंकर ढुंगाना, सदस्यहरु कमला बराल,बाबुराम गिरी, अर्जुन गुरुडं, वर्षा केशव पराजुली, गंगाधर पराजुली, सुदिप मोहन भट्टराई, तारा गुरुडं, लोककुमारी गुरुडं, निर्मला कार्की भण्डारी, सिता शर्मा, कसरिन मियाँ , सबिना तिमिल्सीना, लक्ष्मी बांस्तोला, तारा बराल , दिपक सुबेदी, अर्पण कोईराला, गणेश बस्नेत लगायतले आआफ्नो भनाई राख्ने क्रममा पार्टी हित विपरीत काम गर्नेहरुलाई प्रमाणका आधारमा कारबाही गर्नुपर्ने तर कुनै पुर्वाग्रह राखेर कारबाही गर्ने भने नहुनेमा जोड दिएका थिए ।

बैठकले पार्टीका निबर्तमान सभापति कृष्ण केसी बिरुद्ध गरिएको नाराबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । बैठकले पाँच दलिय गठबन्धनका तर्फबाट उम्मेदवार हुनु भएका सबै उम्मेदवारहरु र पालिकाका प्रत्येक वडा कार्यसमितिसग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरुलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेश गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ

यसैबिच बैठकले निर्वाचनमा गठबन्धनको तर्फ बाट बनाईएका साझा उमेदवारहरु मध्ये बिन्दु कुमार थापा र प्रकाश बराल प्रदेश संसदमा बिजयी भएकोमा बधाई ज्ञापन गर्दै पार्टीको गरिमा र प्रतिष्ठा जोगाउंदै देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरेको छ ।

बैठकले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्ति पुर्ण रुपमा सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै निर्वाचन आयोग, निर्वाचन अधिकृत सहित कर्मचारीहरु ,नेपाली सेना , शसस्त्र प्रहरी , नेपाल प्रहरी सहित सुरक्षा तथा प्रशासनिक अधिकारीहरु, विभिन्न राजनीतिक दलहरु र आम जिल्लावासीहरुप्रति आभार प्रकट गरेको छ ।

बैठक कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अगाडी अर्थात् मंसिर १० गतेसम्म भने कार्यवाहक सभापतिको रुपमा उपसभापति रामबाबु भण्डारीले काम गरेका थिए ।।

१५ मंसिर २०७९, बिहीबार २२:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा