Play

काठमाडौं-१० मा कांग्रेसका राजेन्द्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सविना र ३ मा नेपाली कांग्रेसका सन्तोष निर्वाचित

गुरुकुल खबर


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजेन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

केसी १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन्

उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।

काठमाडौं निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सविना गौतम र ३ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएकी छन् । सविनाले १५ हजार २ सय २९ मत ल्याएर निर्वाचित भएकी हुन् । उनको विजयसँगै रास्वपाले प्रतिनिधिसभामा खाता खोलेको छ । कांग्रेसका सन्तोषले १५ हजार १ सय ५८ मत प्राप्त गरे ।

सविनाको निकटतम प्रतिद्वन्द्वी मनिराम फुयालले ११ हजार ५ सय ५५ मत पाए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेलले ११ हजार ४ सय १४ मत प्राप्त गरेकी थिइन् । यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट पूर्वसभामुख ओन्सरी घर्तीले प्रतिस्पर्धा गरेकी थिइन । उनी चौथो स्थानमा रहिन् । उनले ९ हजार ४ सय ४८ मत प्राप्त गरेकी थिइन् ।

काठमाडौं–३ का सन्तोषसँग पराजित नेकपा एमालेका कृष्णकुमार राईले ११ हजार १ सय ९६ मत प्राप्त गरेका थिए ।

७ मंसिर २०७९, बुधबार ०८:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा