Play

विश्वसनीय राजनीतिले देशलाई समृद्धितिर डोर्याउछ – बराल

गुरुकुल खबर


पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विश्वसनीय राजनीतिले देशलाई समृद्धि तर्फ डोहोर्याउने बताउँदै राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उनले भने – राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी दिन्छ ।’
उनले विग्रन लागेको देशलाई जोगाउन पनि आफ्नो उम्मेद्बारी भएको उल्लेख गर्दै देश बनाउने अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकता समेत औल्याए ।

बुधबार पोखरा २६ का विभिन्न स्थानमा आयोजित कोणसभामा बोल्दै उम्मेदवार बरालले सबैको ध्यान तान्न सक्ने गरी संसदमा प्रस्तुत हुने भन्दै विजयी गराउन मतदातासंग आग्रह गरे ।

‘मसंग स्पष्ट योजना छ, स्पष्ट दृष्टिकोण छ, बरालले भने– सबै मतदाताले गर्व गर्ने गरी काम गर्छु, ढुक्क हुनुहोस्।’

उम्मेदवार बराल पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा छन् । मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्दै आईरहेका छन्

त्यस्तै, देशको समृद्वि र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिएका बरालले उक्त सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने संकल्प गरेका छन् ।

३० कार्तिक २०७९, बुधबार १६:३० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा