Play

उम्मेद्बार बरालद्धारा पोखरा १२ मा घरदैलो तथा मतदाता भेटघाट

गुरुकुल खबर


 

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेका छन् । शनिवार पोखरा १२ मा घरदैलो तथा मतदाता भेटघाट गरेका हुन् ।

‘आफूप्रति मतदाता सकारात्मक भएको पाएँ, बरालले भने – मतदाताको हौसला, समर्थन, विश्वास र भरोसाले उत्साहित बनाएको छ ।’

निर्वाचनमा मतदातालाई विभिन्न योजनाहरु देखाउने र प्रभावित पार्न खोज्ने प्रवृत्तिको अन्त्य गर्दै उनले जनताको योजना र आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताउँदै आएका छन् ।

झुट बोल्दा मतदाताको अपमान हुने भन्दै उनले सक्ने कुरा मात्रै बोल्ने र जनताको सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरे । शिक्षा, कृषि र पर्यटनलाई विशेष जोड दिदै आएका बराल पाँच सुत्रीय अभियानसहित निर्वाचनमा होमिएका छन् ।
मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र बताएका छन् ।

त्यस्तै, देशको समृद्वि, र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै आएका छन् । उनले गठबन्धनको पक्षमा माहोल आइसकेको भन्दै निर्वाचनसम्म खटिदिन नेता, कार्यकर्ता, शुभेच्छ्ुक र आफन्तलाई आग्रह गरेका छन् ।

२७ कार्तिक २०७९, आईतवार ११:४४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा