Play

निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका नेता काठमाडौं, बर्दिया र बागलुङमा गिरफ्तार

गुरुकुल खबर


बागलुङ । बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीन जना नेता गिरफ्तार भएका छन् ।

धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको टोलीले ट्राफिक चोकबाट बुधबार दिउँसो गिरफ्तार गरेको हो ।

गिरफ्तारीमा पर्नेहरुमा गलकोट नगरपालिका १ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवर रहेका छन् ।
उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद भएको प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । विप्लव नेतृत्वको नेकपाबाट अलगत भएका बहुमतले आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।

चुनाव बहिष्कारको प्रचारप्रसार गर्दै हिंडेका बहुमतनिकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य वीरेन्द्र नेपालीलाई आज त्रि–चन्द्र क्याम्पस, घण्टाघर, काठमाडौंबाट गिरफ्तार गरिएकाे अध्यक्ष मिलन राईले बताएका छन् ।

यस्तै, निर्वाचन बहिष्कारको पोष्टर टाँस्ने र प्रचारप्रसार गरेको आरोपमा मोहन वैद्य किरण नेतृत्व्को नेकपा (क्रान्तिकारी माओवादी)का नेता कार्यकर्ताहरुलाई बर्दियाबाट गिरफ्तार गरिएको छ ।

केन्द्रीय सदस्य लक्ष्मी चौलागाईंको नेतृत्वमा रहेको चुनाव बहिष्कार अभियान समुहका ६ जनालाई बर्दियाको मैनापोखर इलाका प्रहरी कार्यलयबाट गएको प्रहरी गस्तीले बर्दियाको फुटाहाबाट आज बिहान गिरफ्तार गरी मैनापोखरी ईलाका प्रहरी कार्यालयमा पुर्याएको छ ।

फुटाहाबाट केन्द्रीय सदस्य चौलागाईं, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनोज थापा, बिनय कुमार रैदास, चक्रबहादुर खत्री, कुश देव गौतम, चन्दमान मानन्धर लगायत ६ जनालाई गिरफ्तार प्रहरीले गिरफ्तार गरेको हो ।

२३ कार्तिक २०७९, बुधबार १५:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा