Play

घम्पुसमा नेकपा एमालेको चुनावी अभियान

गुरुकुल खबर


पोखरा । नेकपा एमाले कास्की क्षेत्र नं. ३ (१) ले माछापुच्छ्रे गाँउपालिकामा आफ्नो चुनावी अभियानलाई जारी राखेको छ।

शनिबार वडा नं ७ धम्पुसमा आयोजित घरदैलो तथा कोणसभा कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई माटोको नाताले पनि मत दिनेमा विश्वस्त रहेको बताएका छन् ।
उनले भने ‘मेरो जीतका लागि धम्पुसवासी सबै पार्टीभन्दा माथि उठी स्थानियका नाताले मत दिनुहुन्छ भन्ने विश्वासमा छु । र, मलाई अत्याधिक बहुमतले विजय गराउनुहुनेछ भन्नेमा पूर्ण आशावादी छु ।’

आफूले धम्पुसमा पर्यटन, जल, जमिन, जडिबुटी लगायतको समुचित प्रयोग गरी विकास गर्ने पनि उनले स्पष्ट पारे । आफ्नो उम्मेदवारी भनेको आम धम्पुसवासीको हो भनेर बुझिदिन पनि उनको आग्रह छ ।
चुनाव जिते पनि हारे पनि खानीगाउँमा पानीको सहजता तथा खेल मैदान निर्माण, कोत्लेदेखि ल्वाङ र घान्द्रुक जोड्ने सडक स्तरउन्नती लगायतका विकासमा आफ्नो पहल रहने उम्मेदवार गुरुङले स्पष्ट पारे ।

एमाले पोलिटव्यूरो सदस्य सीता गिरी वलीले नेपालको समृद्धि लागि एमालेलाई भोट दिनुको विकल्प नभएको बताइन् ।

सभामा एमाले प्रदेश सदस्य लालबहादुर परियार, वामपन्थी बुद्धिजिवी पूर्ण गिरी, गणेशमान् जिताऊ अभियानका प्रेम सुनार, एमालेका स्थानीय नेताहरु सम गुरुङ, अमर गुरुङ, गोविन्द भण्डारी, यमबहादुर गुरुङ, चन्द्रबहादुर विक, कुलप्रसाद भण्डारी, हरिप्रसाद विक, स्थानीयहरु कृष्ण विक, थमन विक लगायतले पनि धारणा राखेका थिए ।

 

१९ कार्तिक २०७९, शनिबार २२:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा