Play

विकास र समृद्धिका लागि मेरो उम्मेदवारी–मनबहादुर गुरूङ

गुरुकुल खबर


पोखरा । नेकपा एमाले तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले केन्द्र र प्रदेशमा बहुमत ल्याउँदै संविधान र व्यवस्थाको रक्षा गर्दै विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

शनिवार पोखरा १४ मा घरदैलो कार्यक्रम गर्दै उम्मेदवार गुरूङले यस्तो बताएका हुन् ।

उम्मेदवार गुरूङले नागरिकको आधारभूत आवश्यकता सहज उपलब्धताका लागि आफ्नो पार्टी नेकपा एमाले प्रतिबद्ध रहेको बताए ।
उनले कृषियोग्य जमिनको सिँचाइका लागि मुलफाँटमा सिँचाइ योजना निर्माण गरिने र कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्दै स्थानियको कफीलाई विश्व बजारसम्म पु¥याउन विशेष पहल गर्ने स्पष्ट पारे ।

गुरूङले पशुपालन र तरकारी बालीको विकासका लागि पनि निष्ठाका साथ काम गर्ने बताउँदै युवा तथा महिलाहरूलाई उद्यमशीलतासँग जोड्दै आफूहरु अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘चुनावका बेला मात्र देखिने फिरन्ते जनप्रतिनिधि हुनेछैन, म हर समय यहाँहरूको घरआँगनमा हुनेछु । म तपाईहरुको इमानदार कार्यकर्ता हुँ, जनसेवक हुँ ।–उनले भने । केन्द्रीय राजनीतिमा यस क्षेत्रको पहुँच विस्तार गर्दै विकासका योजनाहरू ल्याउनका लागि आफ्नो जित आवश्यक रहेको उनले भनाई छ ।

 

१९ कार्तिक २०७९, शनिबार २२:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा