Play

नेवा देय दवु कास्कीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा । नेवा देय दवु कास्कीले नेपाल संम्वत ११४३ को उपलक्षमा शनिबार पोखरामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कृष्णमान ठुसाजुले नेवार जातिको भाषा संस्कृति जर्गेनाकालागि एकताको आवश्यकता औल्याउदै राष्ट्रिय विभूति शंकरधर शाख्यको शालिक निर्माणमा नेवार समुदाय एक हुनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिप्रेन्द्र मर्सानीले कला, संस्कृतिको महत्वले पोखराको पर्यटन विकासमा योगदान दिन सकिने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा नं ११ का अध्यक्ष प्रेमकृष्ण कर्माचार्य, सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, सञ्चारिका समूहका अध्यक्ष कविता श्रेष्ठ, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका अध्यक्ष विश्वकुमार विजुक्छे, दवुका प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठ, सल्लाहकर गोविन्दध्वज श्रेष्ठ, आदिवासी जनजाति महासंघका सचिव सुनिल लामा, नेवा खलका उपाध्यक्ष प्रेमकुमार लिगल, जेष्ठ सल्लाहकार भक्तराज श्रेष्ठ लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष कृष्ण मान ठुसाजुको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लिलबहादुर श्रेष्ठ, महिला सचिव रीता नापितले पनि बोलेका थिए ।

 

६ कार्तिक २०७९, आईतवार ०७:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा