Play

 काँग्रेसको महानगर सम्मेलन शनिबार हुने

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिकाको नगर सभा आगामी शनिबार हुने भएको छ ।

विधानमा प्रत्येक एक वर्षमा नगर सम्मेलन गर्नु पर्ने रहेकोमा वर्तमान कार्यसमितिले पहिलो पटक नगर सम्मेलन गर्न लागेको हो ।

सम्मेलन सफल पार्न नेपाली काँग्रेस पोखरा महानगरका उपसभापति भवसागर बराल संयोजक रहेको उपसमिति गठन गरिएको छ । उक्त उपसमितिमा सदस्यहरु रविन्द्र बराल, अम्बिका ढुंगाना, शेरबहादुर कार्की, रामचन्द्र शर्मा र प्रिति पाण्डे रहेका छन् ।

सम्मेलनमा कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सचिवको सांगठनिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिने प्रवक्ता धनञ्जय पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैबीच बुधबार नेपाली काँग्रेस पोखरा महानगरसमिति सभापति सुरेन्द्रमान विजुक्छेको अध्यक्षतामा बसेको कार्य सम्पादन समितिको बैठकले नगर सम्मेलन सफल पार्न नगर समितिका सदस्यहरुको सक्रियताको आवश्यकता औल्याइएको थियो ।

सम्मेलनमा नेपाली काँग्रेसका पोखरा महानगर क्षेत्रभित्रका ३३ वटा वडाका क्रियाशिल सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई सहभागिताकालागि आव्हान गरिएको छ ।

३ कार्तिक २०७९, बिहीबार ११:३५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा