Play

१६ वर्षीया स्विमर डुआनाले जितिन् सर्वाधिक ९ स्वर्ण

गुरुकुल खबर


पोखरा — आर्मीकी १६ वर्षीया स्विमर डुआना लामाले मंगलबार तीन स्वर्ण हात पार्दै नवौं राष्ट्रिय खेलकुद २०७९ मा सर्वाधिक ९ स्वर्ण पदकसहित १० पदक जितेकी छन् ।

फिस्टेल एकेडेमीमा सम्पन्न पौडी प्रतियोगिताको अन्तिम दिन महिला ४ सय मिटर फ्रिस्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक (दुवै व्यक्तिगत स्पर्धा) र मिक्स ४ सय मिटर फ्रिस्टाइल रिले (टिम स्पर्धा) मा स्वर्ण जितेकी हुन् । एलेक्स शाह, गौरिका सिंह र नासिर हुसेन, गौरिकासँगै रिलेमा आर्मीलाई स्वर्ण दिलाएकी हुन् ।

डुआनाले अघिल्ला तीन दिन ६ स्वर्ण र १ रजत हात पारेकी थिइन् । यस क्रममा उनले ५ पटक राष्ट्रिय कीर्तिमान पनि बनाइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण र ६ रजतसहित ११ पदक जितेकी थिइन् ।

कुल ३५ स्पर्धा रहेको पौडीमा आर्मीकै नासिरले ७ स्वर्ण, २ रजत र १ कांस्य गरी १० पदक हात पारे । एनआरएनएकी एस्ली सापकोटा डंगोल ६ स्वर्ण र २ रजत गरी आठ पदक प्राप्त गरिन् । त्यस्तै, ओलम्पियन गौरिका सिंहले ५ स्वर्ण र १ रजत गरी ६ पदक जितिन् । अर्का ओलम्पियन एलेक्सले ५ स्वर्ण, १ रजत र १ कांस्य गरी सात पदक जिते ।

राष्ट्रिय खेलकुदको एउटै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान करिश्मा कार्की र गौरिकाको नाममा रहेको छ । दुवैले १२–१२ स्वर्ण जितेका थिए । उक्त सफला करिश्माले पाँचौं संस्करण (२०६५ साल) मा गौरिकाले आठौं संस्करण (२०७६) मा हात पारेका थिए ।

१ कार्तिक २०७९, मंगलवार २१:०८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा