Play

अलबिदा निसिम…….

गुरुकुल खबर


पोखरा । पोखरामा नवौँ राष्ट्रिय खेलकुदकाबीच आइतबार प्याराग्लाइडिङ दुर्घनामा निधन भएका निसिम थापाको शवयात्रा सहित अन्त्येष्टि गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालदेखी रामघाटसम्म थापाको शवयात्रा गरिएको थियो । थापाको निधनबाट परिवारका सदस्य भावविह्ल बनेर अझै सम्हालिन सकिरहेका छैनन् । अन्यका आँखाबाट आँसु झरेका थिए ।

खेलकै क्रममा सराङकोटबाट उडान भरेको केही क्षणमै प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरा महानगरपालिका–१० निवासी २६ वर्षीय खेलाडी निसिमको निधनपछि खेलाडी, खेलपदाधिकारी तथा प्याराग्लाइडिङमा आवद्ध उहाँका साथीभाई स्तब्ध बनेका छन् । राम्रो सम्भावना बोकेको खेलाडीलाई छोटो समयमै गुमाउँदा उनीहरु सुकसुकाइरहेका थिए ।
थापाको रामघाटमा नेपाली सेनाले निसिमलाई सलामी अर्पण गरेको थियो । निसिमलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो सङ्ख्यामा रामघाटमा खेलकुदसँग सम्बन्धित व्यक्तित्वको उपस्थिति थियो ।

पोखराको आकाशसँग चिरपरिचत २६ वर्षीय निसिम अनुभवी पाइलट थिए । उनले १७र१८ वर्षको उमेरमै प्याराग्लाइडिङ सुरु गरेका थिए । भारतमा प्रशिक्षण लिएका उनी विश्व हवाई खेलकुद महासंघ ९एफएआई० को लाइसेन्स प्राप्त खेलाडी थिए । भारत, इन्डोनेसिया, कोरिया र चीनमा भएका विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेका थिए । पछिल्लोपल्ट पोखरा एड्रेनलाइन प्याराग्लाइडिङमा व्यावसायिक पाइलटका रूपमा कार्यरत थिए ।

३१ आश्विन २०७९, सोमबार १६:२० मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा