Play

नवौं राष्ट्रिय खेलकुद: टेवल टेनिसमा पुलिस क्लवलाई २ गोल्ड मेडल

गुरुकुल खबर


पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद टेबुल टेनिस प्रतियोगितामा  नेपाल पुलिस क्लवले दुई गोल्ड मेडल हात पारेको छ । शनिबारदेखि पोखराको कोल्मा बहाकोट तमु समाजमा सु्रु भएको प्रतियोगितामा वुमन्स टिम ईभेन्ट तथा मेन्स टिम इभेन्ट तर्फ  नेपाल पुलिस क्लवले  गोल्ड मेडल हात पारेको हो ।

वुमन्स टिम ईभेन्टमा नेपाल पुलिस क्लवले नेपाल शसस्त्र प्रहरी बललाई  ३­ २, ३ –१, ० –३, ३ –१ को ३­ १ ले पराजित गर्दै गोल्ड मेडल हात पार्न सफल भएको हो ।

यसैगरी मेन्स टिम ईभेन्ट तर्फ नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई ३ –० ३ –०  ३­ १ को ३­ ० ले पराजित गर्दै गोल्ड मेडल प्राप्त गर्न सफल भएको हो ।

शनिबार सम्पन्न टिम ईभेन्टमा वुमन तर्फ   नेपाल शसस्त्र प्रहरी बलले रजत पदक प्राप्त गरे भने बाग्मति प्रदेश र त्रिभुवन आर्मी क्लवले कास्य पदक हात पारेका छन् ।

यस्तै मेन्स टिम इभेन्ट तर्फ बाग्मति प्रदेशले रजत पदक हात पारे भने  एनआरएन ए र प्रदेश नं १ ले कास्य पदकमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा वुमन्स टिम ईभेन्ट तर्फ नेपाल शसस्त्र प्रहरी बलले त्रिभुवन आर्मी क्लवलाई ३–०, ३–०, ३–१ को ३–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए भने नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई ३­०,३–१,३–० को ३–० ले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए ।

यसैगरी मेन्स टिम ईभेन्ट तर्फ नेपाल पुलिस क्लवले एनआरएन ए लाई ०–३,३–०,३–०,३–० को ३–१ ले पराजित गर्दै फाईनलको बाटो तय गरेका थिए भने बाग्मति प्रदेशले १–३,३(०,३–०,३–०,३–१ को ३–२ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

आईतबार मिक्स डबलका साथै मेन्स र वुमन्स डबल खेल हुने राष्ट्रिय टेवल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।

 

३० आश्विन २०७९, आईतवार १२:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा