Play

काँग्रेस पोखरा १० को उम्मेदवार परिचय कार्यक्रम सम्पन्न

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा कार्य समिति वडा नं १० ले विजयी दशमी, दिपावली र छठ पर्वको अवसरमा शनिबार शुभकामना आदान प्रदान तथा उम्मेदवार परिचय कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा महासमिति सदस्य एवं गण्डकी प्रदेश सदस्य समानुपातिक तर्फका उम्मेदवार सरस्वती गुरुङ, महासमिति सदस्य एवं कास्की १ ख प्रदेश सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार दिपक गुरुङ माईला, जिल्ला सभापति एवं प्रतिनिधि सभा कास्की १ का प्रत्यक्ष तर्फका उम्मेदवार कुशोरदत्त बरालले मंसिर ४गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

 

उनीहरुले विगतका वर्षहरुमा नेपाली काँग्रेसले लोकतन्त्र, प्रजातन्त्रका लागि संघर्ष गरेको र नागरिक स्वतन्त्रताका निमित्त काम गरेको स्मरण गर्दै अब काँग्रेसले विकास र समृद्धिका लागि कार्य गर्ने बताए ।

नेपाली काँग्रेस वडा नं १० वडा समितिका कार्यबाहक सभापति दीपकबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेस पोखरा १० का सल्लाहकार वीरबहादुर बुढाथोकी, पोखरा १० वडा अध्यक्ष राजेश गुरुङ, वडा नं १० का निवर्तमान वडा अध्यक्ष राजकुमार गुरुङ, महाधिवेशन प्रतिनिधि निशा मल्ल ठकुरी, ईकाई उपसभापति नारायण श्रेष्ठ र सचिव उदिम गुरुङ आ आफ्नो भनाई राखेका थिए ।

 

२९ आश्विन २०७९, शनिबार २१:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा