Play

निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु

गुरुकुल खबर


काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पठाउन सुरु गरेको हो।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले शुक्रबार प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको जानकारी दिए।

अन्य प्रदेशका लागि पनि आवश्यक निर्वाचन सामग्री पठाउने तयारी भइरहेको छ।

यसैबीच शुक्रबार निर्वाचन आयोगको केन्द्रीय कार्यलय बहादुर भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव दुवाडीले आयोगले मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताए।

‘मतदाता शिक्षाका लागि मुख्य प्रशिक्षक प्रशिक्षण’ दिन आयोजित कार्यक्रममा उनले मतदातालाई मतदान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढि सदर मत गराउन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे।

 

२८ आश्विन २०७९, शुक्रबार २१:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा