Play

नवौं राष्ट्रिय खेलकुद: वडा नं ९ द्धारा खेलाडीलाई जर्सी वितरण

गुरुकुल खबर


पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा भईरहेको विभिन्न खेलका सहभागि खेलाडीहरुलाई शुक्रबार जर्सी वितरण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ ले आफ्ना वडाबाट प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको हो ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका बीच जर्सी वितरण गर्दै वडा नं ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडामा रहेका खेलाडीको मनोबल बढाउनकालागि वडाद्धारा जर्सी प्रदान गरिएको बताए र्। खेलाडीले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छन्’ मर्सानीले भने ।

 

खेलाडीको रुपमा वडा नं ९ लाई चिनाउन सफल होस् भन्ने शु्भकामना दिदै मर्सानीले पदक विजेता वडाका खेलाडीलाई विजयी पदकका आधारमा जनही १० हजार, पाँच हजार र तीन हजार रुपैयाँका दरले वडाले नगद सम्मान गर्ने घोषणा समेत गरे ।

कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले वडा नं ९ ले उदायीमान खेलाडीहरुको हौसला बढाउने कार्य गरेको भन्दै साना होस् या ठुला हरेक खालका सम्मानले खेलाडीलाई खेलप्रति लगाव बढाउने बताए ।

संघका सचिव कृष्ण रानाभाटले वडा नं ९ को खेलाडी प्रोत्साहन कार्य प्रशंसानिय भएको बताए ।

२८ आश्विन २०७९, शुक्रबार १२:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा