Play

सीताराम पुलबाट हाम फालेर पुरुष बेपत्ता

गुरुकुल खबर


पोखरा । पोखराको सीताराम पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

बाग्लुङ जिल्ला घर भइ हाल पोखरा(१५ नयाँगाउँ बस्ने ४५ वर्षीय केदार बहादुर खड्का विहीबार बिहान करिब ६ बजेतिर पुलबाट हाम फालेका थिए । उनीसँगै केही अघि हिडिँरहेका दाजु गोविन्द खड्काका अनुसार केदार अकस्मात पुलको रेलिङ चढेर हाम फालेका थिए ।

केदारका छोरा जीवन खड्काका अनुसार उनी मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनको खोजीकार्य जारीरहेको जनाइएको छ ।

२७ आश्विन २०७९, बिहीबार १९:४५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा