Play

महिला क्रिकेटमा सुदुरपश्चिम र सशस्त्र प्रहरी बल विजयी

गुरुकुल खबर


पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको मंगलबार भएको खेलमा गण्डकी प्रदेशले दोस्रो खेल पनि हारेको छ ।
गण्डकी प्रदेश सुदुरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको हो ।

गण्डकीले दिएको ६० रनको लक्ष्य सुदुरपश्चिमले ४ विकेटको क्षतिमा ५८ बल अगावै भेट्टायो । रितु कनौजिया २२ रनमा रन आउट भईन् । सुदुरपश्चिमका स्नेहा महरा २१ र यशोदा विष्ट २ रनमा रटआउट भए ।

रुवी पोडार, अनु कठायत शुन्य र कप्तान बिन्दु रावल २ रनमा आउट भए । गण्डकी प्रदेशकी शिला क्षत्रीले दुई तथा सृष्टि जैसीले १ विकेट लिए । त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ५९ रनको योगफल तयार पारेको थियो ।

गण्डकी प्रदेशकी कप्तान सृष्टि जैसी २८ र शिला क्षत्री ६ रनमा नटआउट रहे । ज्योत्सिना मरासिनीले ७ तथा सिमाना केसीले ६ रन बनाए । अञ्जली विश्वकर्मा, बिन्दु मगरले समान १ रन जोडे । सुजिता थापाले एक रनपनि बनाउन सकिनन् ।

सुदुररपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कठायत, स्नेहा महरा र सावित्री धामीले समान १ विकेट लिए । जितसँगै समुह ए मा रहेको सुदुरपश्चिम प्रदेशले एक खेलमा हार र १ खेलमा जित निकाल्दै २ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लेको छ । गण्डकी तालिकाको पुछारमा छ । विभागीय एपीएफ शीर्ष स्थानमा छ । समान २ अंक भएको मधेस प्रदेश तेस्रो र बागमती प्रदेश चौथो स्थानमा छ ।

मंगलबार नै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलले ६ विकेटको जित निकालेको छ । सशस्त्रलाई बागमती प्रदेशले ८९ रनको लक्ष्य दिएको थियो । टस हारेर व्याटिङमा उत्रिएको बागमती प्रदेश ७ विकेटको क्षतिमा ८९ रनको स्कोर खडा गरेको थियो ।

 

२५ आश्विन २०७९, मंगलवार २०:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा