Play

गोरखाको खार गाउँमा पहिरो : २ घर पुरिए, ३ जना सख्त घाइते

गुरुकुल खबर


गोरखा — चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित खार गाउँमा झरेको पहिरोमा पुरिएर तीन जना सख्त घाइते भएका छन् ।

बिहिबार दिउँसो खसेको पहिरोले दुइ घर सँगै तीन जनालाई पुरेको चुमनुव्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले बताए ।

सडक सञ्जालले नजोडेको खार गाउँका घाइतेलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याउन बिहिबार साँझ सम्म प्रयास गरिएको उनले बताए । ‘आज साँझ पर्‍यो, प्रशासनसँग हेलिकोप्टरका लागि अनुमति मागेका छौँ,’ उनले भने,‘भोली बिहानै उद्धार गर्ने गरि पहल भइरहेको छ ।’ घाइतेहरुको हेलिकोप्टर बाहेक उपचारका लागि लैजाने अन्य विकल्प नरहेको लामाले बताए ।

त्यस्तै लगातारको वर्षाले चुमनुव्री गाउँपालिका–६ लोक्पा भिरमा पुन: पहिरो खसेको छ । लोक्पा पहिरोले चुमनुव्री गाउँपालिका–६ र ७ को दुइ वडा आउजाउ ठप्प बनेको छ । त्यस्तै वर्षाका कारण सल्लेरी र सिर्दिवासबीचको पैदलमार्गमा पनि पहिरो खसेको लामाले जानकारी दिए । विहिको राना, प्रोकको वुर र एक्लेभट्टीमा पनि पहिरोले पैदलमार्ग अवरुद्ध बनेको गाउँपालिकाले जनाएको छ ।

२० आश्विन २०७९, बिहीबार २०:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा