Play

मन्त्री थापाद्धारा विकास निर्माण र सामाजिक कार्यको खर्च सार्वजनिक

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफु प्रदेशसभा सांसद निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा गरेका खर्च विहीबार सार्वजनिक गरेका छन् ।

प्रेस युनियन कास्कीको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्र महिनासम्मका खर्च बिवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री थापाले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालभरीमा कास्की जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाको विकास निर्माण र सामाजिक कार्यमा ५८ लाख २९ हजार ६६ रुपैया ५२ पैसा खर्च गरेको जानकारी दिए।

थापाले सार्वजनिक गरेको विवरण अनुसार २०७४ सालदेखि हालसम्म उनको बैंक खातामा बैठक भत्ता, मासिक पारिश्रमिक र विविध सेवा सुविधालगायतका रकम ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको छ ।

मन्त्री थापाका अनुसार सांसद निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रतिवद्धता अनुुरुप प्रदेश सांसदका रुपमा रहदाँ आएका आर्थिक सुविधाकासाथै व्यक्तिगत रकम सहयोग गरी विकास निर्माण कार्यमा लगाएका हुन् ।

मन्त्री थापाले पहिलो वर्ष १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ, दोस्रो वर्ष ९ लाख ३ हजार ७ सय १, तेस्रो वर्ष १२ लाख, ४७ हजार ४० रुपैयाँ र चौथो वर्ष ११ लाख ३६ हजार ७ सय रुपैयाँ सामाजिक कार्यमा खर्च भएको जानकारी दिए ।

मन्त्री थापाले उक्त पत्रकार सम्मेलनमा जनताको सेवाकालागि आफु फेरी एक पटक चुनाव लड्न लागेको बताए । गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नं २ ख बाट कांग्रेसको केन्द्रीय समितिमा सिफारिस भएका उनले मंसिर ४ गते हुन गईरहेको निर्वाचन आफु फेरी एक पटक प्रतिष्पर्धामा उत्रिन ईच्छुक रहेको बताएका हुन् ।

अबको यो आसन्न निर्वाचन आफ्ना लागि अन्तिम हुने समेत मन्त्री थापाले बताए । मन्त्री थापाले भने, ‘ अन्तिम पटक निर्वाचन लडेर जनताका थप सेवा गर्ने रहर छ। अनुभवि पनि भईसके र सिकाईको क्रम पनि जारी नै छ, अब निर्वाचित भएर प्रदेश सरकारलाई थप चुस्त–दुरुस्त बनाउने प्रयास गर्नेछुु।’

‘प्रदेश सांसद हुँदा प्राप्त गरेको आर्थिक सुविधा सामाजिक कार्य र समाजको विकास निर्माणमा लगाएको छु । नागरिकको स्वास्थ्य, खानेपानी, शिक्षा लगायतका क्षेत्रमा सहयोग गरेको छु।’ मन्त्री थापाले भने ।

१३ आश्विन २०७९, बिहीबार २१:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा