Play

लेकसाईडमा मंगलबार एक दिने सडक महोत्सव हुने

गुरुकुल खबर


पोखरा । विश्व पर्यटन दिवस अर्थात सेप्टेम्बर २७ का दिन मैंगलबार पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन रेवानले भोली असोज ११ गते पर्यटन दिवसको अवसरमा एक दिने सडक महोत्सव गर्न लागेको हो ।

हरेक वर्ष गर्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए ।

‘पर्यटनमा पुनविचार गरौँ’ भन्ने नारासहित नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछ भने जातीय भेषभुषासहितका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी आयोजकले जनाएको छ ।

आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटनलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको जनाउँदै अब पर्यटनलाई परम्परागत भन्दा नविनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेवानका कार्यबहाक अध्यक्ष विश्व पौडेलले बताए ।

सोही अवसरमा पोखरा पर्यटन परिषद्ले पनि ‘पोखरा अन्तराष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

१० आश्विन २०७९, सोमबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा