Play

खानेपानी पाइप चोरी आरोपमा मादी गाँउपालिकाका वडा सदस्य पक्राउ

गुरुकुल खबर


पोखरा । कास्कीको मादी गाँउपालिकाका जनप्रतिनिधि गाउँमा निर्माणाधीन खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

मादी गाउपालिका वडा नं १ का वडा सदस्य खरजंग गुुरुङ पाईप चोरीको आरोपमा पक्राउ परेका हुन् । उनीसहित अन्य तीनजना पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्कीको मादी गाँउपालिका वडा नं.७ काउरेडाँडा स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी गरेको आरोपमा प्रहरीले वडा नं.१ का वडा सदस्य वर्ष ३४ को खरजंग गुरुङ, वडा नंं. थाक बस्ने वर्ष ३५ को रमेश गुरुङ, वर्ष २६ को निरज तामाङ र लम्जुङको मध्यनेपाल नगरपालिका वडा नं.८ स्थायी घर भई हाल पोखरा १३ कसेरी बस्ने वर्ष २३ को रिदम भन्ने सुनिल परियारलाई सोही आरोपमा प्रहरीले पक्राउ गरेको बताइएको छ।

वडा प्रहरी कार्यालय रामबजार पोखराबाट खटिएको प्रहरी टोलीले करिब १४ लाख रुपैयाँ मूल्य बराबरको चोरीको पाइप ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरी मादी गाउपालिका वडा नं.५ तर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुविरुद्ध प्रहरीले चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान चलाई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

९ आश्विन २०७९, आईतवार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा