Play

बुद्धचोकबाट दुई लाख नगदसहित नौ जना जुवाडे पक्राउ

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका वडा नं १० बुद्धचोकस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेका नौजना जुवाडे दुईलाख रुपैयाँ सहित पक्राउ परेका छन्।

यु एण्ड मि रेष्टुुरेण्टमा सिसिटिभी राखेर जुवातास खेलिरहेका नौजना जुवाडेलाई दुईलाख रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई शनिबार दिउसो चार बजे वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाइएको छ ।

९ आश्विन २०७९, आईतवार १९:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा