Play

वनका कर्मचारी हरु आन्दोलित, कालो पट्टी बांधेर काममा

गुरुकुल खबर


पोखरा , सुर्खेतको विरेन्द्रनगर नगरपालिका १३ झुप्रा खोलामा सालको रुख़ अबैध रुपमा कटान गर्ने व्यक्तिलाई नियन्त्रणमा लिईएको घटनालाई अतिरन्जित गराईएको भन्दै वन मन्त्रालय अन्तर्गतका देश भरीका कर्मचारी आन्दोलित बनेका छन ।

अबैध रुपमा काठ कटान र चिरान भैरहेको अवस्थामा ५८ वर्षिय धनिराम लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नै निजले आत्महत्या गरेपछि प्रहरी प्रशासनले कर्तव्य पालना गरेका कर्मचारीहरुलाई अपराधी जस्तै गरि नियन्त्रणमा लिएको कारण कर्मचारीहरु आन्दोलित बनेका हुन ।

यसै क्रममा प्रजातांत्रिक वन प्राविधिक महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष निर्मला फुलारा, प्रगतिशील बन प्राविधिक संघ गण्डकीका प्रतिनिधि राजेश पोखरेल , राष्ट्रिय बन प्राविधिक सन्जाल गण्डकीका प्रतिनिधि सन्दीप पौडेल र जुनियर वन प्राविधिक संघ कास्कीका अध्यक्ष घनश्याम खनालले संयुक्त विज्ञप्ति जारी गरि हाल हिरासतमा राखिएका कर्मचारीहरु निर्दोष रहेकोले यथाशीघ्र उनिहरुलाई कार्यक्षेत्रमा फर्काउन माग गरेका छन ।

विज्ञप्तिमा कर्णाली प्रदेशका कर्मचारीहरुले शुरु गरेको आन्दोलनमा ऐक्यवद्दता जनाउने र आन्दोलनलाई देशव्यापी बनाउने समेत उल्लेख गरिएको छ ।

यसै बिच प्रजातान्त्रिक वन प्राविधिक संघ गण्डकी प्रदेशकी उपाध्यक्ष निर्मला फुलाराका अनुसार बुधवार गण्डकी प्रदेशका वन वातावरण तथा भू संरक्षण मन्त्रालयका सचिव बद्रीराज ढुंगाना लाई ज्ञापन पत्र बुझाएर आफ्नो माग र आन्दोलनका बारेमा जानकारी गराएका थिए भने बिहिवार देखि हातमा कालो पट्टी बांधेर काम गरिरहेका छन ।

१६ भाद्र २०७९, बिहीबार १३:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा