Play

पत्रकार धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान

गुरुकुल खबर


पोखरा, पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो ।

खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिईन् ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजार सहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए ।

५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ«े एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । यसका अलावा उनले स्वतन्त्र लेखन पनि गरिरहेका छन् ।
पछिल्लो समय उनी खानेपानी तथा सरसफाई सम्बन्धि सामग्रि दिने वासखबर डट कमका सल्लाहकार सम्पादकको भुमिकामा छन् ।

छापा, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यममा कार्यरत चार जना पत्रकारलाई उक्त सम्मान हरेक वर्ष प्रदान गरिने अध्यक्ष अर्यालले बताए । धौलागिरीलाई अनलाईन तर्फबाट सम्मानित गरिएको हो ।

हरेक वर्षको साउनदेखि अर्को वर्षको असार सम्म खानेपानी तथा सरसफाईसँग सम्बन्धित रहेर प्रकाशित तथा प्रशारित सामग्रीको सँख्याको आधारमा उक्त सम्मान प्रदान गरिने अर्यालको भनाई छ ।

११ भाद्र २०७९, शनिबार २१:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा