Play

कांग्रेसलाई एक सय सिट नभए गठबन्धनका अन्य दललाई समेत चुनाव जित्न गार्हो- कोईराला-

गुरुकुल खबर


नवलपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य शशांक कोईरालाले कांग्रेसलाई एक सय सिट नभए गठबन्धनका अन्य दल माओवादी र नेकपा समाजवादीलाई समेत चुनाव जित्न गार्हो हुने बताएका छ्न ।

शुक्रबार नेपाली कांग्रेस नवलपुरको जनता सँग कांग्रेस कार्यक्रममा आएका कोईरालाले नवलपुर टाईम्स सँगको कुराकानी यस्तो बताएका हुन । नवलपुर टाईम्स सँगको कुराकानीमा कोइरालाले भने “कांग्रेसले सय सिट नपाए गठबन्धनका माओवादी र समाजवादीलाई पनि जित्न समस्या हुने हो, यो नभए उहाँहरुलाई नै घाटा हो ।” “एक्लै लडदा पनि ८० सिट हामी प्रत्यक्षमा जित्छौ, गठबन्धन गर्दा त १०० त चाहियो नि” उनले भने ।

फरक प्रसंगमा बोल्दै नेता कोईरालाले नवलपुर क्षेत्र नं १ मा आफ्नो दाबी स्वाभाविक रहेको र आफै उम्मेदवार बनेर विजयी हुने दाबी समेत गरे ।

१० भाद्र २०७९, शुक्रबार २२:१९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा