Play

काँग्रेसका नेता प्रदीप गिरिको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्रीको समवेदना

गुरुकुल खबर


काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेकी छिन । गिरीको निधनले सिद्धान्तनिष्ठ बौद्धिक ब्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान ट्वीट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै, शोकाकूल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

प्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी चिन्तक एवम् नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनप्रति समवेदना व्यक्त गरेका छन् । शुक्रबार अबेर राति प्रधानमन्त्री देउवाले गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन् ।

सामाजिक सञ्जालमा गिरिको निधनको खबरले निकै स्तब्ध भएको बताउँदै प्रधानमन्त्री देउवाले लेखेका छन्, “नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध छु, उहाँको आत्माको चिर शान्तीको कामना गर्दै दुखद घडीमा परिवारजनमा हार्दिक समवेदन व्यक्त गर्दछु ।”

त्यसैगरी, नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली राजनीतिका अग्ला व्यक्तित्व, समाजवादी चिन्तक तथा नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध र मर्माहत बनाएको बताएका छन् । उनले समवेदन प्रकट गर्दै भनेका छन्, “नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा प्रदीप दाईले पुर्याउनुभएको योगदानको जति नै चर्चा गरेपनि अधुरै रहन्छ ।”

नेता कोइरालाले नेपालको सिंगो राजनीति र सिंगो काँग्रेस पार्टीमा प्रदीप गिरिको अभाव सधैं खट्किरहने उल्लेख गरेका छन ।

गिरिको निधनप्रति गृहमन्त्री बालकृष्ण खाँड, प्रतिनिधि सभा सदस्य डा. मिनेन्द्र रिजालले समवेदना प्रकट गरेका छन् ।

नेकपा(एमाले)का नेता घनश्याम भूषालले सामाजिक सञ्जालमार्फत् गिरिप्रति समवेदना प्रकट गर्दै लेखेका छन्, “हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि, हाम्रो यात्राभरी तपाईलाई सम्झिरहने छौं ।”

५ भाद्र २०७९, आईतवार ०७:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा