Play

सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न निर्देशन,चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने

गुरुकुल खबर


काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई साझा धारणा तय गर्न र कार्यजिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । बैठकमा कार्यदलका संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगति जानकारी गराएका थिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएको र नेताहरुले  धारणा राखेको जानकारी दिए ।

‘आजको बैठकमा कार्यदलमा भएको छलफलको निष्कर्षहरू प्रस्तुत भयो । नेताहरुले पनि धारणा राख्नुभयो,’ कार्कीले भने, ‘नेताहरुले कार्यदलले नै साझा धारणा बनाउन र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभएको छ ।’

अब कार्यदलले चाँडो सिट बाँडफाँटको काम पूरा गर्ने उनको भनाइ छ । कार्यदलले गत प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक निर्वाचनको मत परिणाम तथा बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँट गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ । तर सिट संख्यामा भने कुरा मिलेको छैन ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

३ भाद्र २०७९, शुक्रबार २३:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा