Play

कांग्रेसका नेता प्रदीप गिरि भेन्टिलेटर सपोर्टमा, स्वास्थ्यअवस्था स्थिर

गुरुकुल खबर


३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार साँझ १० बजेसम्म उनलाई भेन्टिलेटरमा नै राखिएको छ र स्वास्थ्यअवस्था स्थिर रहेको छ । नेता गरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

चिकित्सक टोलीका अनुसार नेता गिरिलाई निमोनिया निको हुन नसकेको तथा घाँटीमा देखिएको क्यान्सर अन्य भागमा पनि फैलिँदै गएकाले अहिले भेन्टिलेटर सपोर्टमा नै राखिएको छ ।

झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

३ भाद्र २०७९, शुक्रबार २२:४१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा