Play

लायन्स र कास्की प्रहरीद्वारा साइबर क्राइम सम्वन्धि सचेतना कार्यक्रम

गुरुकुल खबर


पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा १८ मा रहेको शान्त माविमा साइबर क्राइम सम्वन्धि सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पछिल्लो समय समाजमा साइबर क्राइम बढ्दै गएकाले समयमै सचेत गराउन उक्त विद्यालयका कक्षा ९ देखि १२ सम्मको विद्यार्थीलाई प्रशिक्षण गराइएको हो ।

विद्यार्थीलाई प्रशिक्षण जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले गरेका थिए । उनले प्रशिक्षणकै क्रममा गत वर्ष कास्कीमा मात्रै २ सय ९७ वटा निवेदन साइबर क्राइम सम्वन्धिको रहेको जानकारी दिए । सामाजिक सञ्जालको प्रयोग बढिरहेको हुँदा अपरिचित व्यक्तिलाई सजिलै विश्वास नगर्न उनको भनाई थियो । साथै सामाजिक सञ्जालबाट समस्यामा परेकालाई तिरस्कार होइन साथीभाई तथा परिवारले साथ दिनु अत्यावश्यक रहेको उनले बताए । प्रहरी नायव उपरिक्षक तिवारीले साइबर क्राइमबाट बच्न कस्ता कदम चाल्नुपर्छ वा समयमै कसरी सचेत हुन सकिन्छ लगाएतको विषयमा प्रशिक्षण दिएका थिए । साथै किशोर किशोरीलाई सामाजिक सञ्जालमा राती अवेरसम्म च्याट गरेर बस्दा साइबर क्राइम हुन सक्ने भन्दै उनले सचेत गराएका थिए ।

औपचारिक कार्यक्रममा पिआरओ इन चिफ एमजेएफ लायन किशोर बरालले साइबर क्राइमबाट आफु पनि बच्न र अरुलाई पनि सचेतना गराउन आग्रह गरे । कार्यक्रममा शान्त माविका प्रधानाध्यापक शंकरराज अधिकारीले प्रशिक्षणबाट विद्यार्थीले आफु सचेत हुने र अरुलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

लायन्स क्लब अफ ग्रीन वेभकी अध्यक्ष लक्ष्मी लामाले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्ने सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य क्लबकी द्धितिय उपाध्यक्ष गिता तिवारीले राखेको थिइन् भने कार्यक्रमको सञ्चालन क्लबकी सचिव सरस्वती पुरीले गरेकी थिइन् ।

२ भाद्र २०७९, बिहीबार १८:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा