Play

कास्कीकोटमा शनिबार  श्रीकृष्ण रथयात्रा तथा दही जात्रा गरीने

गुरुकुल खबर


पोखरा  , श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीने भएको छ ।

यही भाद्र ४  गते शनिवार  श्रीकृष्ण रथ यात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितीले जनाएको छ ।

गत वर्षहरुमा कोरोना कहरका कारण रोकीएको दहि जात्रा यस पटक विभीन्न सांस्कीतीक झाकी वाजा गाजा सहित जात्रा गरीने समितीका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए।

विगत ६ वर्ष देखि कार्यक्रमको आयोजना गर्दै आइरहेको जात्रा संयोजक ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।

भजन चुटका तथा विभिन्न झाँकी सहित कार्यक्रममा सहभागी हुन सबैलाई क्षेत्र विकास समितिले आहवान गरेको छ । । सहभागी उत्कृष्ठ समुहहरुलाई पुरस्कारको व्यवस्था समेत गरीएको आयोजकले जनाएको छ ।

३१ श्रावण २०७९, मंगलवार १६:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा