Play

मुक्तिनाथ बिकास बैकको ‘गज्जब मुद्दती’ योजना शुरु

गुरुकुल खबर


पोखरा , मुक्तिनाथ बिकास बैंकले आफ्ना ग्राहकको हितलाई ध्यानमा राखेर निक्षेपकर्ताहरुको लागि मुक्तिनाथ गज्जब मुद्दती योजना संचालनमा ल्याएको छ ।

अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने न्युनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने खालको नया योजना संचालनमा ल्याएको मुक्तिनाथ बैकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुड़ले गुरुकुल खवरलाई जानकारी दिए ।

यो नया योजना अन्तर्गत व्यक्तिगत मुद्दती ख़ातामा ९ वर्ष ४ महिना १८ दिनमा तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुने व्यवस्था गरिएको छ ।

त्यस्तै व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा दोब्बर प्रतिफल र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुने व्यवस्था गरिएको छ । यो योजनाबाट धेरै ग्राहकहरु लाभान्वित हुने विश्वास बैकले लिएको छ ।

बैंकले डिजिटल बैंकिंग कारोबारलाई प्रोत्साहन गर्न बैकको एटिएम कार्ड प्रयोग गरि नेपाल भर रहेको भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्ने व्यवस्था गरेको छ ।

यस बाहेक बैंकले डिजिटल सेवा समेत बिस्तार गरि बचत सेवा वा क़र्ज़ा सेवाका लागि ग्राहकहरु बैकको शाखा पुग्न नपर्ने गरि व्यवस्था गरेको जनाएको छ ।

२६ श्रावण २०७९, बिहीबार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा