Play

हिमालयन लायन्स क्लव पोखराद्धारा निर्मित शौचालय हस्तान्तरण

गुरुकुल खबर


पोखरा । लायन्स क्लव अफ पोखरा हिमालयनले पोखरा महानगरपालिका वडा नं २२ को खाल्से दोबाटेमा सार्वजनिक शौचालय निर्माण गरेको छ ।

६० हजार रुपैयाको लागतमा निर्माण गरिएको उक्त शौचालयबाट करिव एक हजार पाँच सय जना स्थानियहरु लाभान्वित हुने क्लवका अध्यक्ष अशोक गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

स्थानीय क्षेत्रमा निर्मित क्षेत्री समाजको बहुउद्देश्यीय भवन नजिक निर्माण गरिएको उक्त शौचालयबाट स्थानीय बासिन्दासंगै क्षेत्री समाजको भवनमा कार्यक्रम गर्न आउनेहरु लाभान्वित हुनेछन् ।

यसैबीच शनिबार आयोजित एक कार्यक्रममा शौचालय भवन क्षेत्री समाजलाई हस्तान्तरण गरिएको छ ।

लायन्स क्लव अफ पोखरा हिमालयनका अध्यक्ष अशोक गुरुङले सार्वजनिक शौचालयको निर्माणले सरसफाई र वातावरण संरक्षणमा मात्र नभएर स्थानीय बासिन्दालाई सुविधा पुग्ने बताउँदै अन्य सामाजिक कामका लागि पनि क्लवले सहयोग गर्न तयार रहेको बताए ।

गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शौचालय निर्माण समितिको अध्यक्ष आशबहादुर बराल क्षेत्री, क्लवका प्रथम उपाध्यक्ष नविन नापित र क्लवका सचिव ई.पुर्णबहादुर गुरुङ लगायतले आ आफ्नो भनाई राखेका थिए ।

शौचालय निर्माणमा स्थानीयहरुले बासिन्दाले १० हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

२१ श्रावण २०७९, शनिबार १५:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा