Play

जोन्टा क्लव अफ पोखराको स्तनपान जनचेतना सप्ताह कार्यक्रम शुरु

गुरुकुल खबर


पोखरा , विश्व स्तनपान सप्ताहको अवसरमा जोन्टा क्लव अफ पोखराले स्तनपान सम्वन्धी शिक्षा र समर्थन कार्यक्रम संचालन गरेको छ । क्लबले दिवसको पहिलो दिन सोमवार पोखरा महानगरपालिका वडा नम्बर ३ मा सुरक्षित स्तनपान कक्षको स्थापनाका साथै सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वोल्दै पोखरा –३ का वडाअध्यक्ष प्रकाशमान उदासले स्तनपानलाई एक महत्त्वपूर्ण सार्वजनिक स्वास्थ जिम्मेवारीका रुपमा समर्थन र वहस गर्न आवश्यक रहेको वताउनु भयो ।उहाँले स्तनपान सुरक्षाको महत्वारे मानिसलाई जनचेतना जगाउन सके मात्रै सार्वजनिक जनस्वास्थ्यमा सुधार गर्न सकिनेमा जोड दिनुभयो ।

स्तनपान सामान्य तर अति महत्वपूर्ण हो भन्ने स्थापित गराउन र यसको महत्व समाजमा सहजै स्वीकार्य वनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने उहाँको भनाइ थियो ।

जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले वच्चा जन्मेपछि ६ महिना सम्म आमाकै दूध खुवाउनु पर्नेमा जोड दिदै आमाको दुध वाहेक अन्य कुरा खुवाउँदा वच्चाको स्वास्थ्यमा असर पर्नेमा जोड दिनुभयो । स्तनपान सम्वन्धी सचेतनामुलक कार्यक्रम पोखराका विभिन्न वडा कार्यलयहरुसंगको सहकार्यमा सप्ताहव्यापी रुपमा संचालन गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.प्रविण श्रेष्ठले स्तनपानको महत्त्वका विषयमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी फिजियोथेरापी डाक्टर सुव कोईरालाले गर्भवती र सुत्केरी अवस्थामा महिलाले गर्नु पर्ने व्यायामका विषयमा सहजिकरण गर्नु भएको थियो । त्यस्तै, पोषण तथा आहार परामर्शदाता डाक्टर विद्या रघुनादन कायस्थले सन्तुलित भोजनका विषयमा सहजिकरण गर्नुभएको थियो ।

जोन्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा –३ का वडा सदस्य शान्तिदेवी पराजुली ,वडा सचिव चन्द्रावति वाग्ले,जोन्टा क्लव अफ पोखराका सृजना भट्टराई लगायतले स्तनपानको महत्का विषयमा बोल्नुभएको थियो ।

जोन्टा क्लव अफ पोखराका कोषाध्यक्ष अन्जना तझ्याले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा पोखरा–३ का गर्भवती र सुत्केरी अवस्थाका महिला सहित ४० जनाको सहभागीता रहेको थियो । पछिल्लो समय खासगरी सहरी क्षेत्रमा कामकाजी महिलाले समय अभावका कारण पनि वच्चालाई स्तनपानमा भन्दा वट्टाको दुधमा जोड दिएको पाईन्छ ।

वालरोग विशेषज्ञहरुको अनुभवमा पछिल्लो समय नयाँ आमाहरुले दुध नआएको भन्दै वट्टाको दुध वा लिटो खुवाउने प्रवृति बढेको पाईन्छ । १ अगष्ट देखि ७ अगष्टसम्म विश्व स्तनपान दिवस सप्ताह मनाउने गरिन्छ ।

१६ श्रावण २०७९, सोमबार १९:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा